नयाँ दिल्ली, 25 जून (हि.स.)। देशमा साल 1975 मा थोपिएको आपातकालको लड़ाईमा महत्वपूर्ण भूमिका निभाउने प्रधानमन्त्री नरेन्द्र मोदीले आज ‘संविधान हत्या दिवस’ मा यस कालो कालखण्डको लड़ाईमा सामेल हरेक योद्धालाई सलाम गरेका छन्। उनले आफ्नो आधिकारिक एक्स ह्याण्डलमा लेखेका छन्, हामी आफ्नो संविधानमा उल्लेखित सिद्धान्तहरूलाई मजबुत बनाउने तथा विकसित भारतको आफ्नो सपनालाई साकार गर्न मिलेर काम गर्ने आफ्नो प्रतिबद्धतालाई पनि दोहोऱ्याउँछौं। हामी प्रगतिको नयाँ शिखहरूलाई छुऔं तथा गरीबहरू र वञ्चितहरूको सपनाहरूलाई पूरा गरौं।
प्रधानमन्त्री मोदीले ‘संविधान हत्या दिवस’ को सम्बन्धमा एक्समा धेरै पोस्ट गरेका छन्। एक अन्य पोस्टमा उनले लेखेका छन्, हामी आपातकाल विरूद्ध लड़ाईमा डटिरहने हरेक व्यक्तिलाई सलाम गर्छौं। यो पूरा भारतबाट, हरेक क्षेत्रबाट, अलग-अलग विचारधाराहरूबाट आएका मानिसहरू थिए, जसले एकै उद्देश्यले एक-अर्काको साथ मिलेर काम गरे। भारतको लोकतान्त्रिक ढांचाको रक्षा गर्नु र ती आदर्शहरूलाई कायम राख्नु जसको निम्ति हाम्रा स्वतन्त्रता सेनानीहरूले आफ्नो जीवन समर्पित गरे। यो उनीहरूको सामूहिक संघर्ष नै थियो, जसले सुनिश्चित गऱ्यो कि तत्कालीन कांग्रेस सरकारलाई लोकतन्त्र बहाल गर्नुपऱ्यो र नयाँ चुनाउ गराउनुपऱ्यो, जसमा कांग्रेस हाऱ्यो।
उनले लेखेका छन्, आज भारतको लोकतान्त्रिक इतिहासको सबैभन्दा कालो अध्यायहरूमध्ये एक, आपातकाल लागू भएको पचास साल पूरा भएको छ। भारतवासीले यस दिनलाई संविधान हत्या दिवसको रूपमा मनाउछन्। यस दिन, भारतीय संविधानमा उल्लेखित मूल्यहरूलाई अदेखा गरियो, मौलिक अधिकारहरूलाई निलम्बित गरियो, प्रेसको स्वतन्त्रतालाई समाप्त गरियो र धेरै राजनीतिक नेताहरू, सामाजिक कार्यकर्ताहरू, छात्रहरू र आम नागरिकहरूलाई थुनामा पारियो। यस्तो लागिरहेको थियो कि त्यस समय सत्तामा बसेको कांग्रेस सरकारले लोकतन्त्रलाई बन्धक बनाएको थियो।
प्रधानमन्त्री मोदीले तबको क्रूर कालखण्डलाई याद गर्दै लेखेका छन्, जब आपातकाल लगाइएको थियो तब म आरएसएसको युवा प्रचारक थिए। आपातकाल विरोधी आन्दोलन मेरो निम्ति सिक्ने एक अनुभव थियो। यसले हाम्रो लोकतान्त्रिक ढांचालाई बचाएर राख्ने महत्वलाई फेरि पुष्ट गऱ्यो। साथै मैले राजनीतिक स्पेक्ट्रमका सबै मानिसहरूबाट धेरै कुरा सिक्न सके। म खुशी छु कि ब्लू क्राफ्ट डिजिटल फाउण्डेशनले ती अनुभवहरूमध्ये केहीलाई एक किताबको रूपमा संकलित गरेको छ, जसको प्रस्तावना एचडी देवेगौड़ाले लेखेका छन्, जो स्वयं आपातकाल विरोधी आन्दोलनको एक दिग्गज थिए।
उल्लेख्य, ब्लू क्राफ्ट डिजिटल फाउन्डेशनको यस किताबको नाम 'द इमरजेन्सी डायरीज - इयर्स दैट फोर्ज्ड ए लीडर' हो। फाउन्डेशन अनुसार, यस किताबको विमोचन आज केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी