‘आपातकाल’ कांग्रेसको सत्ताको भोकको ‘अन्यायकाल’- अमित शाह
आपात


नयाँ दिल्ली, 25 जून (हि.स.)। केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले आज ‘संविधान हत्या दिवस’ मा एक्स ह्याण्डलमा आफ्नो उद्गार व्यक्त गरे। उनले भने, ‘आपातकाल’ कांग्रेसको सत्ताको भोकको ‘अन्यायकाल’ थियो। 25 जून 1975 मा लागेको आपातकालमा देशवासीहरूले जुन पीड़ा र यातना सहे, त्यसलाई नयाँ पीढ़ीले जान्न सकोस्, यही उद्देश्यले मोदी सरकारले यस दिनलाई 'संविधान हत्या दिवस' को नाम दियो।

उनले लेखे, यो दिवसले बताउँछ कि जब सत्ता तानाशाही बन्छ, तब जनताले उसलाई उखालेर फ्याक्ने शक्ति राख्दछ। आपातकाल कुनै राष्ट्रिय आवश्यकता नभएर कांग्रेस र एक व्यक्तिको लोकतान्त्रिक मानसिकताको परिचायक थियो। प्रेसको स्वतन्त्रता कुल्चियो। न्यायपालिकाको हात बाँधिदियो र सामाजिक कार्यकर्ताहरूलाई थुनामा पारियो।

केन्द्रिय गृहमन्त्रीले लेखेका छन्, देशवासीहरूले ‘सिंहासन खाली करो’ को शंकनाद गरे र तानाशाह कांग्रेसलाई उखालेर फ्याके। यस संघर्षमा बलिदान दिने सबै वीरहरूलाई भावपूर्ण श्रद्धाञ्जलि।

उल्लेख्य, केन्द्रिय मन्त्री शाहले हिजो ‘आपातकालको 50 वर्ष’ कार्यक्रममा हिस्सा लिए। उनले एक्समा लेखेका छन्, नयाँ दिल्लीमा आपातकालको पूर्व सन्ध्यामा आपातकालको 50 वर्ष कार्यक्रममा आपातकाल विरूद्ध संघर्ष गर्ने वीरहरूलाई सम्मानित गर्ने सौभाग्य प्राप्त भयो।

शाहले यस अवसरमा भने, जब कुनै व्यक्तिभित्र लुकेको तानाशाही स्वभाव बाहिर आउँछ तब आपातकाल लाग्छ, हाम्रो युवा पीढ़ीहरूले यो इतिहास जान्नु जरूर छ। आपातकाल, कांग्रेसद्वारा मल्टीपार्टी डेमोक्रेसीलाई एक पार्टीको तानाशाहीमा परिणत गर्ने षड़यन्त्रको शुरूआत थियो। आपातकालको मूल कारण सत्ताको भोक थियो। न देशमा कुनै बाहिरी खतरा थियो, न त कुनै आन्तरिक संकट थियो, खतरा केवल इन्दिरा गान्धीको कुर्सीमाथि थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande