नयाँ दिल्ली, 25 जून (हि.स.)। आपातकालको 50 वर्ष पूरा हुँदा भारतीय जनता पार्टी (भाजपा) ले आज संविधान हत्या दिवस मनाइरहेको छ। यस अवसरमा भाजपाका राष्ट्रिय अध्यक्ष एवं केन्द्रिय मन्त्री जेपी नड्डाले एक्समा आफ्नो भीडियो सन्देशमा कांग्रेसमाथि तीखो हमला गरेका छन्। नड्डाले भने, 25 जून 1975 को मध्य रात तत्काली प्रधानमन्त्री इन्दिरा गान्धीले आन्तरिक अशान्तिको बहाना बनाएर भारतमा आपातकाल लगाइन्। देशको संविधानको हत्या गरिन्। 50 वर्षपछि पनि कांग्रेस त्यही मानसिकताको साथ हिँड़िरहेको छ। उसको नीयत आज पनि तानाशाहीको छ।
उनले भने, 1975 मा कोर्टले इन्दिरा गान्धीलाई चुनाउमा आचार संहिताको उल्लङ्घनको दोषी ठहर गऱ्यो र उनलाई 6 वर्षसम्म कुनैपनि निर्वाचित पदमा रहन अयोग्या ठहर गऱ्यो। राति नै प्रेसको बिजुली काँटियो, सबै विपक्षलाई जेलमा थुनियो, प्रेसको आजादी खोसियो, अनुच्छेद 352 को दुरूपयोग गरी लोकतन्त्रलाई कुल्चियो। संसद, न्यायपालिकालाई अपंग बनाइयो र 26 जून बिहान देशमा कांग्रेसको तानाशाही सरकारले आपातकाल लगायो।
उनले भने, कांग्रेस शासित राज्यहरूमा कानून व्यवस्थाको स्थिति आजपनि त्यही छ, जुन आपातकालमा थियो- विरोधको दमन, धार्मिक तुष्टीकरण र सत्ताको अहंकार खुल्ला रूपमा देखिन्छ। आपाकतालमा विपक्षी नेताहरूलाई जेल पठाइएको घटनालाई याद गर्दै नड्डालेभने, मोदीले आरएसएस पदाधिकारीको रूपमा तब सरकारको अवहेलना गरेका थिए र कांग्रेस अत्याचारहरूबारे मानिसहरूमा जागरूकता फैलाएका थिए। आपातकाल र त्यसको परिणामहरूको स्मृतिलाई जीवित राख्नु आवश्यक छ। इन्दिरा गान्धीले देशलाई परिवारवाद र व्यक्ति पूजाको प्रयोगशालामा परिणत गरेकी थिइन्।
हिन्दुस्थान समाचार / भवानी थामी