हल्द्वानीमा नहरमा झऱ्यो कार, एक बालक सहित चारको मृत्यु र तीन गम्भीर
कार


हल्द्वानी, 25 जून (हि.स.)। तीव्र वर्षाबीच जलस्तर बढ़ेको नहरमा एउटा कार झर्दा क्षणभरमै चार जनाको ज्यान गयो। बुधवार बिहान फायर ब्रिगेड अफिस पछाड़ी बग्ने सिंचाई नहरमा एउटा कार अनियन्त्रित भएर झऱ्यो। कार सवार एक बालक समेत चार जनाको मृत्यु भयो जबकि अन्य तीन गम्भीर रूपमा घाइते भएका छन्। घाइतेहरूलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइएको छ।

जानकारी अनुसार, उधमसिंहनगर जिल्लाको किच्छा निवासी यिनीहरू कारमा कतै गइऱहेको थिए। बिहान तीव्र वर्षाबीच उनीहरूको कार अनियन्त्रित भएर सिंचाई नहरमा झऱ्यो। नहरमा झर्जा कार पल्टियो र बगेर पुलियामुनि फंस्यो। जसले गर्दा कारभित्र पानी पस्यो र मानिसहरू यसमा फंसे। मानिसहरूले कारमा सम्हालिने अवसर पाएनन्। घटनाको सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले फायर ब्रिगेडको टीमको साथ मिलेर कारलाई नहरबाट बाहिर निकाल्यो। यस अवधि भारी संख्यामा भीड़ पनि एकत्र भयो। कार सवार एक बालक सहित चार जनाको मृत्यु भयो र तीनलाई गम्भीर अवस्थामा अस्पताल पुऱ्याइयो।

घटनाको सम्बन्धमा एसपी सिटी प्रकाश चन्द्रले बताए, अग्नि शमन कार्यालय नजिक नहरमा झरेको कारमा कूल सात जना सवार थिए। जसमा एक बालक सहित चार जनाको मृत्यु भएको छ। जबकि तीनको उचार चलिरहेको छ। पुलिस अनुसार, यिनीहरू उधमसिंह नगर किच्छाका बासिन्दा थिए। अहिले मृतकहरूको पहिचान हुनसकेको छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande