नयाँ दिल्ली, 25 जून (हि.स.)। उपराष्ट्रपति जगदीप धनखड आज, भोलि र पर्सी (जून 25 देखि 27) उत्तराखण्डको नैनीतालको तीन दिने भ्रमणमा हुनेछन्। यो जानकारी भारत सरकारको प्रेस तथा सूचना ब्यूरो (पीआईबी) को विज्ञप्तिमा दिइएको हो।
पीआईबीका अनुसार, उपराष्ट्रपति धनखडले आज कुमाउँ विश्वविद्यालयको स्वर्ण महोत्सव समारोहको अध्यक्षता गर्नेछन्। उनले संस्थानका विद्यार्थी र संकाय सदस्यहरूलाई सम्बोधन गर्नेछन्। धनखड 27 जूनमा शेरवुड महाविद्यालयको 156औं स्थापना दिवस समारोहमा प्रमुख अतिथि हुनेछन्। यस अवधिमा उपराष्ट्रपतिले नैनीतालको राजभवनको पनि भ्रमण गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी