नयाँ दिल्ली, 25 जून (हि.स.)। देश- विश्वको इतिहासमा हरेक तारिकको अहम स्थान हुन्छ तर 26 जूनले संयुक्त राष्ट्रको इतिहासमा खास महत्व राख्दछ। संयुक्त राष्ट्रको वैश्विक महत्व, युद्धलाई रोक्नमा उसको भूमिका, कमजोर देशहरूलाई दिइने सहायता र शान्ति स्थापनामा उसको योगदानसित सबै परिचित छन्।
यो अन्तरराष्ट्रिय संगठन औपचारिक रूपमा 24 अक्टोबर 1945 मा अस्तित्वमा आयो तर यसको घोषणापत्रलाई त्य़ही वर्ष 26 जूनमा स्वीकार गरिएको थियो र यसमा 50 देशका प्रतिनिधिहरूल हस्ताक्षर गरेका थिए। आउने पीढ़ीहरूलाई युद्धको आगोदेखि बचाउनु र हरेक परिस्थितिमा मानव अधिकारहरूको रक्षा गर्नु, यस संगठनको प्रारम्भिक दायित्वहरूमा सामेल थियो। समय बित्नसाथ संगठनको कार्य र दायित्वहरूको विस्तार हुँदै गयो। आज विश्वका लगभग सबै देशहरूको प्रतिनिधित्व गर्ने यस संगठनको मुख्यालय न्यूयार्कम छ।
महत्वपूर्ण घटनाचक्र
1498: चीनमा पहिलो टूथ ब्रश बनाइयो। आधुनिक टूथ ब्रशको पहिलो मोडललाई चीनका राजाले पेटेन्ट गराएका थिए।
1714: स्पेन र नीदरल्याण्डले व्यापार एवं शान्ति समझौतामा हस्ताक्षर गरे।
1945: सैन फ्रान्सिस्कोमा 50 देशले संयुक्त राष्ट्र घोषणा पत्रमा हस्ताक्षर गरे।
1949: बेल्जियमको संसदीय चुनाउमा पहिलो पल्ट महिलाहरूलाई मतदानको अधिकार प्राप्त भयो।
1976: कनाडाको टोरन्टोमा सीएन टावरलाई जनताको निम्ति खोलियो। 1,815 फुटको यो बिल्डिङ त्यस समय विश्वको सबैभन्दा अग्लो बिल्डिङ थियो।
1982: एयर इण्डियाको पहिलो बोइंग विमान 'गौरीशंकर' बम्बई (अब मुम्बई) मा दुर्घटनाग्रस्त।
1992: भारतले 'तीन बीघा गलियारा' 999 वर्षको निम्ति बांग्लादेशलाई पट्टामा दियो।
1999: अमेरिकी ऊर्जा विभागको हतियार कार्यक्रमका प्रमुख विक्टर रीसले राजीनामा दिए।
1999: बुडापेस्ट (हंगरी) मा विश्व विज्ञान सम्मेलनको शुरुआत।
2000: बांग्लादेशलाई अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको पूर्ण सदस्यता प्रदान गरियो।
2004: पाकिस्तानका प्रधानमन्त्री जमालीले राजीनामा दिए। शुजात हुसैन नयाँ कार्यवाहक प्रधानमन्त्री बने।
2008: बहुराष्ट्रिय कम्पनी रियोरिटोले मध्य प्रदेशको छतरपुर जिल्लामा हीरा खननको निम्ति खनिज पट्टा माइनिंग लीज हासिल गरी बन्दर डायमन्ड प्रोजेक्ट शुरू गर्ने घोषणा गऱ्यो।
जन्म
1873: भारतीय गायिका एवं नर्तकी गौहर जान।
1838: बांग्ला उपन्यासकार बम्किमचन्द्र चटर्जी।
1967: जैन धर्मका भारतीय दिगम्बर पन्थका मुनि तरुण सागर।
1969: भाजपाका वरिष्ठ नेता एवं केन्द्रिय मन्त्री धर्मेन्द्र प्रधान।
निधन
2001: भारतीय राष्ट्रिय ट्रेड यूनियन कांग्रेसका सह संस्थापक गोपाल रामानुजम।
2004: विख्यात भारतीय फिल्म निर्माता यश जौहर।
महत्वपूर्ण दिवस
-लागू औषदको दुरुपयोग एवं त्यसको तस्करी विरूद्ध विश्व दिवस
हिन्दुस्थान समाचार / भवानी थामी