कोलकाता, 26 जून (हि.स.)। चार वर्षसम्म भागे पनि कानूनको हातबाट बच्न सकेन अरूण दे। वर्ष 2021-को विधानसभा चुनाउपछि कांकुड़गाछीमा भएको भाजपा कार्यकर्ता अभिजीत सरकारको हत्याको मामिलामा मुख्य आरोपी अरुण देलाई अन्ततः सीबीआईले पक्राउ गरेको छ। आरोपीलाई पक्राउ गर्नपूर्व सीबीआईले उसको बारेमा जानकारी दिनेलाई 50 हजार रुपियाँ इनामदिने घोषणा गरेको थियो।
बिहीवार सीबीआईले एक बयान जारी गरी बताएको छ, नरकेलडांगा क्षेत्र निवासी अरूण दे हत्या भएदेखि नै भागेको थियो। उसले चार वर्षसम्म आफ्नो पहिचान लुकाएर राख्यो, तर विधानसभा चुनाउ-2026 आउनअघि नै सीबीआईलेे उसलाई समातेको छ। अरूणको नाम सीबीआईको भगौड़ाहरूको सूचीमा सबैभन्दा माथि थियो।
उल्लेखनीय छ, विधानसभा चुनाउ- 2021 को परिणाम घोषणा हुन एक दिनअघि भाजपा कार्यकर्ता अभिजीत सरकारको हत्या गरिएको थियो। त्यसताक अभिजीतको उमेर लगभग 30 थियो। यस मामिलामा आठजना मानिसहरूविरूद्ध एफआईआर दर्ता थियो जसमध्ये पाँचजनालाई पहिलाबाटै पक्राउ गरिएको थियो। पछि नारकेलडांगा थानाको पुलिसले थप दुईजना आरोपीहरूलाई समात्यो। त्यसपछि यो मामिला सीबीआईलाई सुम्पिइयो जसबाट राजनीतिक विवाद पनि उत्पन्न भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा