कोलकाता, 26 जून (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीकोविधानसभा क्षेत्र भवानीपुरमा गएबुधवारअबेर राती भएकोआगलागीको घटनाले खैलाबला मच्चायो। भवानीपुर पुलिस अस्पतालछेवैमारातीलगभग12:30 बजे आगो लाग्यो। घटनाको सूचना पाउनसाथ स्थानी पुलिस अनि दमकलको एउटा वाहन घटनास्थलमा पुग्यो.
भनिन्छ, यो घटना भवानीपुर विधानसभा क्षेत्रको71 नम्बर वार्डस्थितबेनीनन्दन स्ट्रीटमा भएको हो। यहाँको पुलिस अस्पताल नजिकै रहेको एउटा रूखमा पहिला आगो लाग्यो जुन हेर्दा-हेर्दै सबैतिर फैलियो। घटनापछि स्थानीय मानिसहरूले तुरून्त आगोलाई निभाउने प्रयास गरे। वरपर अवस्थित होटलका कर्मचारी तथा त्यहाँ भोजन गर्न आएका मानिसहरू पनि राहत कार्यमा जुटे।
स्थानीय निवासीहरूले आरोप लगाए, उनीहरूले तुरून्त दमकल विभागलाई सूचना दिइएको भए पनि आगो निभिसक्न लाग्दा मात्र दमकल घटनास्थलमा आइपुगेको थियो। दमकल ढिलो गरी घटनास्थलमा पुगेको कारणले स्थानीयहरूमा असन्तुष्टि पनि देखियो।
प्राथमिक जाँचमासामु आएको छ, बिजुलीको केबल र इन्टरनेटका तारहरू अल्झिएको कारणले यो आगलागी भएको हो। पुलिस र दमकल विभागले पुष्टि गरेको छ, घटनामा कुनै ठूलो नोक्सान भएको छैन।
अर्कोतिर मुख्यमन्त्री ममता ब्यनर्जीअहिलेघरि जगन्नाथ मन्दिरमा पहिलो पटक आयोजना हुन लागेको रथयात्रा उत्सवका लागि दिघामा बसेकी छन्। सूत्र अनुसार यस घटनाको जानकारी गए बुधवार राती नै मुख्यमन्त्रीलाई पठाइएको छ। उनले आगोको स्थितिको जानकारी पनि अधिकारीहरूबाट लिएकी छन्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा