ब्रह्मपुत्र नदीमा डुब्दै गरेका व्यक्तिलाई एनडीआरएफले बचायो
ब्रह्मपुत्र नदीमा डुब्दै गरेका व्यक्तिलाई एनडीआरएफले बचायो


गुवाहाटी, 26 जून (हि.स.)। प्रथम बटालियन एनडीआरएफको टीमले बिहीवार भोर बिहान ब्रह्मपुत्र नदीको तीव्र प्रवाहमा डुब्दै गरेका एक जना व्यक्तिलाई बचाएको छ।

प्रथम बटालियन एनडीआरएफको तर्फबाट दिइएको जानकारी अनुसार बिहीवार भोर बिहान लगभग 03.35 बजी गुवाहाटीको उजान बजारस्थित टीपीएल आईडब्ल्यूटी क्षेत्रमा रात्रि सेवामा तैनाथ एनडीआरएफ टीमको प्रहरीले ब्रह्मपुत्र नदीमा बगिरहेका एक जना व्यक्तिको आवाज सुन्यो। त्यसपछि तुरून्त इन्स्पेक्टर लाल रिंगसन आफ्नो टीमलाई लिएर ब्रह्मपुत्र नदीमा पसे अनि उक्त व्यक्तिलाई सकुशल बचाएर प्राथमिक उपचार प्रदान गरे। उक्त व्यक्तिको पहिचान हज़रत अली (23)-को रूपमा भएको छ जो मूल रूपमा दरंग जिल्लान्तर्गत मंगलदोईका निवासी हुन्। एनडीआरएफले अग्रिम कारबाहीको लागि उक्त व्यक्तिलाई स्थानीय लताशील पुलिस थानामा सुम्पिदियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande