राँची, 26 जून (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मू बिहीवार नयाँ दिल्लीस्थित सर गंगाराम अस्पतालमा पुगिन् अनि त्यहाँ उपचाराधिन राज्यसभा सांसद तथा झारखण्डका पूर्व मुख्यमन्त्री शिबु सोरेनको कुशलता बारे जानकारी लिइन्।
यस अवधि उनले शिबु सोरेनका सुपुत्र तथा झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन र बुहारी एवं विधायक कल्पना सोरेनसित उनको स्वास्थ्य अनि भइरहेको उपचारलाई लिएर जानकारी लिइन्। राष्ट्रपतिले शिबु सोरेनको शीघ्र एवं पूर्ण स्वस्थ हुने कामना गिरन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा