दक्षिण 24 परगना, 26 जून (हि.स.)। दक्षिण 24 परगनाको कुलपी थाना अन्तर्गत बिष्णुरमपुरमा गए बुधवार राति एउटा घरको भित्ता भत्कियो। बिहीवार बिहान घर भत्किएको अवशेषहरूलाई हटाउँदै दम्पतिको शव पुरिएको अवस्थामा भेटियो। अविरल वर्षाको कारणले माटो ढिला भएर यो दुर्घटना भएको हुनसक्ने आशंका व्यक्त गरिँदैछ।
स्थानीय सूत्र अनुसार शिवप्रसाद मण्डल र उनकी पत्नी गए बुधवार राति घरमा सुतिरहेका थिए, अचानक घरको भित्ता भत्किएर त्यसको अवशेषले उनीहरूलाई पुऱ्यो। बिहीवार बिहान छिमेकीहरूले घर भत्किएको देखेपछि पुलिसलाई सूचना दिए। घटनास्थलमा पुगेर पुलिसले दुवै पति-पत्नीलाई अवशेषहरूबाट निकालेर डायमण्ड हार्बर मेडिलक कलेज एवं असपतालमा पुऱ्यायो जहाँ डाक्टरहरूले दम्पतिलाई मृत घोषित गरिदिए। दुवैको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।
छिमेकीहरूले बताए, शिवप्रसादको घरको पर्खाल माटोले बनिएको थियो। यो धेरै पुरानो घर थियो। बर्खाको पानीले माटो ढिला भयो अनि सुतिरहेको दम्पतिमाथि झऱ्यो। यो घटना गए अबेर राति भएको हो।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा