कोलकाता, 26 जून (हि.स.) । स्नान यात्रा गरेर 15 दिनको 'अनसर' अर्थात विश्रामकालपछि बिहीवार भोर बिहान दिघास्थित मन्दिरको गर्भगृहको द्वारमा श्रद्धालुहरूको लागि खोलियो। बिहानदेखि नै मन्दिर परिसरमा भक्तहरूको घुइँचो देखियो। भोर बिहान प्रभु जगन्नाथले नववेशमा दर्शन गरे जसबाट श्रद्धालुहरूमा उत्साहको माहोल रह्यो।
परम्परा अनुसार स्नान यात्रापछि भगवान जगन्नाथ बिमार हुन्छन् र 15 दिनसम्म विश्राम गर्दछन्। यस अवधि मन्दिरको मुख्य द्वार आम मानिसहरूको लागि बन्द रहन्छ। विश्रामपछि बिहीवार बिहान 6:30 बजी मन्दिरको गर्भगृहको द्वार खोलियो। प्रभुको दर्शन गर्नका लागि बिहान 5:00 बजीदेखि नै मन्दिरको मुख्य प्रवेश द्वारमा श्रद्धालुहरूकको घुइँचो लाग्यो।
यस दिन विशेष अनुष्ठानहरूको शुरुआत मंगला आरतीबाट भयो। अपरान्ह डोरीको पूजा आोजना गरियो जसमा मुख्यमन्त्री ममता ब्यानर्जी सामेल हुने सम्भावना छ। शुक्रवार रथयात्राको आयोजन हुनेछ जसको उद्घाटन मुख्यमन्त्रीले गर्नेछिन्। त्यसैले मुख्यमन्त्री ब्यानर्जी बुधवार नै दिघा पुगिसकेकी छन्।
मन्दिर समिति अनुसार बिहीवार भगवान जगन्नाथलाई विशेष रूपमा सजाइयो। उनको दाँत सफा गरियो, नयाँ वस्त्र पहिराइयो अनि फूलहरूको मालाले श्रृंगार गरियो। बिहान 7:00 बजी पूजापछि उनलाई प्रातः भोजन अर्पण गरियो। त्यसपछि दिनभरि पूजा, कीर्तन अनि धार्मिक अनुष्ठान चलिरह्यो।
15 दिनको उपवासकाल पश्चात यस दिन प्रभुको मध्यान्ह भोजन आयोजना गरियो जसमा 56 भोगको व्यवस्था गरियो। जानकारी मुताविक 50 जना विदेशी भक्तहरू पहिला नै दिघा आइपुगिसकेका छन्। उनीहरूले आफ्नो हातले प्रभुका रुचिकर व्यञ्जनहरू बनाउनेछन्। यस अतिरिक्त इस्कनबाट आएका साधु-सन्तले पनि प्रभुको भोजन बनाउनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा