पिपरामा शिव मन्दिरका पुजारीको निर्मम हत्या, दुई संदिग्ध हिरासतमा
पिपरामा शिव मन्दिरका पुजारीको निर्मम हत्या, दुई संदिग्ध हिरासतमा


पूर्वी चम्पारण, 26 जून (हि.स.)। जिल्लाको पिपरा थाना क्षेत्रको नयाँ चौक स्थित शिव मन्दिरमा 60 वर्षीय पुजारीको चक्कू घोपेर निर्ममतापूर्वक हत्या गरियो। बिहिवार बिहान रगताम्मे पुजारीको शव मन्दिर परिसरमा भेटिएको छ।

प्राप्त जानकारी अनुसार, पुजारी हरि गिरि गत 15 वर्षदेखि मन्दिर परिसरमा बसेर पूजा-पाठ गरिरहेका थिए। मन्दिर परिसरबाट शव भेटिएपछि ग्रामीणहरूमा आक्रोश व्याप्त छ। ग्रामीणहरूले बताए, बिहान जब श्रद्धालु मन्दिर पुगे तब उनीहरूले पूजारीको रगताम्मे शव मन्दिर परिसरमा देखेपछि यसको सूचना पिपरा थानालाई दिए।

यस गम्भीर घटनालाई मध्यनजर राखेर एसपी स्वर्ण प्रभातको निर्देशमा डीएसपी समेत अन्य वरिष्ठ पुलिस अधिकारी र एफएसएलको टीम घटनास्थलमा पुगेर आवश्यक साक्ष्य जुटाएको छ साथै घटनाको छानबीन गर्दै दुई संदिग्धलाई हिरासतमा लिइएको छ। जसमा पिपरा थाना क्षेत्रको बेदीबन, मधुबन वाही टोला निवासी राहुल सिंह र अनिल सिंह सामेल छन्। जससित आवश्यक सोधपुछ गरिँदैछ।

पुलिस अनुसार, प्रारम्भिक जाँचमा जमीनको विवादमा घटना घटेको प्रतीत भइरहेको छ। यद्यपि, पुलिसले अन्य पहलुहरूबाट पनि घटनाको जाँच गरिरहेको छ। पुलिसले पुजारी हरि गिरिको शवलाई पोस्टमार्टमको निम्ति पठाएको छ। अहिले घटनालाई लिएर स्थानीय मानिसहरूमा आक्रोश व्याप्त छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande