गान्तोक, 26 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले मुख्यमन्त्रीका राजनीतिक सचिव (राजनीतिक मामिला) जेकब खालिङलाई जन्मदिनको हार्दिक शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा राजनीतिक सचिव खालिङलाई जन्मदिनको बधाई दिॅंदै भने, 'तपाईको समर्पण, निष्ठा र अथक प्रयासले हाम्रो काम र साझा अभियानमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।'
उनले खालिङको निरन्तर सफलता, सुस्वास्थ्य र खुशीको कामना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल