सिलगढ़ी, 26 जून (हि.स.)। आज अर्थात बिहिवार अन्तरराष्ट्रिय नशा मुक्ति दिवस हो। यो दिवसलाई मुख्य रूपमा नशा मुक्त समाज निर्माणको लागि विश्वभरि नै मनाइन्छ।
यस अवसरमा सिलगढ़ी मेट्रोपोलिटन पुलिस अन्तर्गत थानाहरूको तर्फबाट जागरूकता ऱ्याली आयोजना गरियो। एनजेपी थनाको तर्फबाट निकालिएको ऱ्यालीमा एनजेपी रेलवे हाई स्कूलका विद्यार्थीहरू, एनसीसी क्याडर सहित थाना प्रभारी सोनम लामा, पुलिस अधिकारी परेश बर्मनसामेल भए। ऱ्यालीमा सामेल विद्यार्थी नानीहरूले हात-हातमा प्ले कार्ड बोकेर स्वस्थ समाज निर्माणको सन्देश दिए। यसरी नै गाजोलडोबा आउट पोस्टको पक्षबाट मन्तादारी हाई स्कूलका विद्यार्थीहरूलाई लिएर नशा विरोधी ऱ्याली निकालियो।
भोरेर आलो पुलिस थानाले पनि अन्तर्राष्ट्रिय नशा विरोधी दिवस मनायो।की ओर से भी अन्तरराष्ट्रिय नशा विरोधी दिवस मनाया गया। आमबाड़ी-फालाकाटास्थित चिन्तामोहन हाई स्कूलका विद्यार्थीहरूलाई सहभागी गराएर ऱ्याली पनि निकालियो। यस ऱ्यालीको माध्यबाट मानिसहरूलाई नशाको नकारात्क प्रभाव बारे अवगत गराइयो। यस ऱ्यालीमा भोरेर आलो थाना प्रभारी सन्दीप दत्त, गाजोलडोबा आउट पोस्ट प्रभारी हिरुकान्ति सरकार सहित स्कूलका शिक्षक एवं विद्यार्थीहरू सामेल भए।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा