अम्बुबासी मेलाको समापनमा केन्द्रिय मन्त्री सर्बानन्द सोनोवालले गरे माँ कामाख्याको दर्शन
सोनो


गुवाहाटी, 27 जून (हि.स.)। विश्व प्रसिद्ध अम्बुबासी मेलाको समापनमा शुक्रवार केन्द्रिय मन्त्री सर्बानन्द सोनोवालले नीलाचल पर्वत स्थित माँ कामाख्या धाममा पूजा-अर्चना गरी देवीको आशीर्वाद प्राप्त गरे।

मन्दिर परिसरको आध्यात्मिक शान्ति र प्राकृतिक सौन्दर्यबीच उनले भने, हरेक पल्ट माँ कामाख्याको दर्शन गर्दा उनलाई राष्ट्र सेवाको निम्ति नयाँ ऊर्जा र प्रेरणा प्राप्त हुन्छ। उनले देशवासीहरूको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्दै आउने दिनहरूका लागि माँ कामाख्याबाट आशीर्वाद मागे।

उल्लेख्य, असमको नीलाचल पहाड़हरू स्थित भारतको प्रमुख शक्तिपीठहरूमध्ये एक कामाख्या मन्दिरको कपाट बिहिवार बिहान खोलिएको थियो। चार दिवसीय विरामपछि मन्दिरको कपाट खोलियो। यो अवसर केवल मन्दिर खोलिने मात्र थिएन तर अम्बुबासी महापर्वको विधिवत समापनको पनि प्रतीक हुन्छ। यो एक यस्तो पर्व हो, जुन देवी कामाख्याको मासिक धर्म र स्त्रीत्वको पवित्रतालाई समर्पित छ।

मन्दिरको गर्भगृहको द्वार बिहिवार बिहान 5 बजी आम भक्तहरूका लागि खोलिएको थियो। यस अगाड़ी राति 3.19 बजी अम्बुबासीको ‘निवृत्ति’ (अर्थात देवीको मासिक विश्रामको समाप्ति) को औपचारिक घोषणा भयो। मन्दिर परिसरलाई परम्परागत विधिहरूले शुद्ध गरियो, देवीलाई नयाँ वस्त्र र आभूषण पहिराइयो। यसपछि देवीको दर्शनको निम्ति गर्भगृह आम श्रद्धालुहरूका लागि खोलियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande