शिलाङ, 27 जून (हि.स.)। प्रतिबन्धित उग्रवादी संगठन हिन्निउत्रेप नेशनल लिबरेशन काउन्सिल (एचएनएलसी) का दुई क्याडरले बांग्लादेश स्थित ठेगाना छोड़ेपछि मेघालय पुलिस समक्ष आत्मसमर्पण गरे। आत्मसमर्पण गर्नुको पछाड़ी संगठनको संचालन र वरिष्ठ नेतृत्वसित असन्तोषलाई कारण बताइएको छ।
डीबेरियस जिरवा (32) र रिडोर लिंगदोह नोंगलाईट (30), दुवै ईस्टर्न वेस्ट खासी हिल्स जिल्लाका निवासी हुन्। मेघालय पुलिसले शुक्रवार बतायो, दुवैले 20 जूनमा मैरांगका पुलिस अधीक्षक समक्ष आत्मसमर्पण गरे। यी दुई एक वर्षभन्दा अधिक समयदेखि बांग्लादेशमा सक्रिय थिए।
पुलिस अनुसार, शिलाङ सिन्डिकेट बस स्ट्याण्ड विस्फोट मामिलामा वाञ्छित सैमुएल वाहलांग पाहसिनत्येवले यिनीहरूलाई भर्ती गरेका थिए। पाहसिनत्येवमाथि यूएपीए र विस्फोटक पदार्थ अधिनियम सहित धेरै धाराहरूमा मामिला दर्ता छ।
प्राथमिक सोधपुछमा दुवैले बताए, यिनीहरूलाई संगठनको विचारधारा अनुरूप जिम्मेवारीहरू दिने वाचा गरिएको थियो तर वास्तविकतामा उनीहरूलाई खेतहरूमा मजदूर सरह साधारण कार्यहरूमा लगाइयो, जुन संगठनको घोषित गतिविधिहरूसित मेल खाँदैन।
लगभग 15 महिनासम्म वरिष्ठ एचएनएलसी कमाण्डरहरूको अधीन रहँदा यिनीहरूको मोह भंग बढ्दै गयो, जसले गर्दा यिनीहरूले बांग्लादेशबाट भागेर मुख्यधारामा फर्किने फसेला गरे।
वर्तमानमा दुवैलाई एक गोपनीय र सुरक्षित ठाउँमा राखिएको छ। पुलिसले कानूनी रूपमा अगाड़ी कस्तो कदम उठाउनुपर्ने हो भनी तय गरिरहेको छ। अधिकारीहरूको भनाई छ, उनीहरूको जानकारी एचएनएलसीको ढांचा र गतिविधिहरूलाई बुझ्नमा सहायक हुनसक्छ।
हिन्दुस्थान समाचार / भवानी थामी