नयाँ दिल्ली, 27 जून (हि.स.)। विदेश मन्त्री डा. एस जयशंकरले आपातकालमा श्रीलंकाको साथ गरिएको एक समझौताको मूल्य आजपनि हाम्रा मछुआराहरूलाई चुकाउन परिरहेको बताएका छन्। यस समझौताको कारण हामीले माछा समात्ने अधिकार गुमायौं र यसैले गर्दा श्रीलंकाले भारतीय मछुआराहरूलाई समात्नेगर्छ।
जयशंकरले भने, हामीले श्रीलंकाद्वारा हाम्रा मछुआराहरूलाई समातिएको कुरा सुन्छौं। यसको कारण यो हो कि आपातकालमा एक समझौता गरिएको थियो, जस अन्तर्गत् श्रीलंकाका केही समुद्री जलमा माछा समात्ने मछुआराहरूको अधिकारहरूको त्याग गरिएको थियो।
दिल्ली भाजपा युवा मोर्चाले आज एनडीएमसी कन्वेन्शन सेन्टरमा आपातकालको 50 साल पूरा भएको अवसरमा मक पार्लियामेन्टको आयोजन गऱ्यो। यस अवसरमा मुख्य अतिथिको रूपमा विदेश मन्त्री डा. जयशंकर र दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाले दीप प्रज्वलित गरी यसको शुरूआत गरे। मक पार्लियामेन्ट्रमा विभिन्न कलेजहरूका युवा छात्रहरूले भाग लिए।
जयशंकरले चीनमा शंघाई सहयोग संगठन (एससीओ) को बैठकमा रक्षा मन्त्री राजनाथ सिंहले संयुक्त घोषणापत्रमा हस्ताक्षर नगर्नुको समर्थन गऱे। उनले भने, एससीओको उद्देश्य आतङ्कसित लड्नु हो। राजनाथ सिंहले आउटकम डक्यूमेन्टमा आतङ्कवादको विषय चाहन्थे। यसैले गर्दा उनले हस्ताक्षर गर्न खारेज गरे। यस अवसरमा पत्रकारहरूलाई सम्बोधित गर्दै जयशंकरले भने, एमरजेन्सीका धेरै वर्षहरूपछि आजपनि कांग्रेसलाई सोधियो कि देशमा जुन एमरजेन्सी लाग्यो के त्यसको निम्ति तपाईलाई पछुतो छ, तर आजपनि कसैलाई त्यसको कुनै पछुतो छैन।
विदेश मन्त्रीले भने, 1971 मा जितेपछि सरकारको लोकप्रियता धेरै घटेको थियो किनभने भ्रष्टाचार आफ्नो चरममा थियो र गुजरातम सरकार ढलेको थियो। यसैले सरकारले नयाँ तरीका निकाल्यो कि कसरी सरकारप्रति मानिसहरूमा भय उत्पन्न गरियोस्, यसैले उसले देशमा एमरजेन्सी लगायो। डा. जयशंकरले भने, कांग्रेसले आपातकालको केवल 21 महिनामै संविधानमा पाँच संशोधन र 48 अर्डिनेन्सेस पास गऱ्यो। आपातकाल कुनै राजनीतिक मुद्दा थिएन, हाम्रो जीवनको रहन-सहनमाथि नै हमला थियो र यो केवल एक परिवारको कारण भयो। केही मानिसहरू संविधानको प्रति हातमा लिएर घुम्छन् तर मनको भावना अरू नै छ, के कहिले कांग्रेसले आपातकालको निम्ति माफी माग्यो ?
उनले भने, त्यस समय संविधानमा गरिएका तीन बदलाव धेरै महत्वपूर्ण थिए। 38औं संशोधन अनुसार, तपाई एमरजेन्सी लगाएको सम्बन्धमा कोर्ट जान सक्दैनन्, 39औं संशोधनले तपाईलाई प्रधानमन्त्रीको चुनाउमा कोर्ट जानदेखि रोकिरहेको थियो र 42औं संशोधन अनुसार तपाईको मौलिक अधिकारलाई नै समाप्त गरी कोर्टको पावरलाई कम गर्ने थियो। एमरजेन्सीमा संविधानको हत्या यस प्रकार गरियो कि यदि तपाईको ज्यान नै गएपनि कोर्टले तपाईलाई राहत दिनसक्दैन।
सम्बोधन अगाड़ी डा. जयशंकर र वीरेन्द्र सचदेवाले आपातकालको 50 वर्ष पूरा भएकोमा लगाइएको विशेष प्रदर्शनीको अवलोकन गरे। दिल्ली भाजयुमो अध्यक्ष सागर त्यागीले स्वागत भाषणमा कांग्रेसको आपातकाललाई याद गरे औं भने, यो भारतको इतिहासमा एक कालो अध्याय हो।
हिन्दुस्थान समाचार / भवानी थामी