रुद्रप्रयाग, 27 जून (हि.स.)। बदरीनाथ हाईवेमा घोलतीर छेउ भएको बस दुर्घटनापछि हराएका नौ यात्रीहरूको खोजीको निम्ति दोस्रो दिन पनि रेस्क्यू अभियान जारी छ। यो अभियान प्रशासनिक र पुलिस अधिकारीहरूको देखरेखमा जिल्ला पुलिस, फायर सर्विस, एसडीआरएफ, डीडीआरएफ र जल पुलिसद्वारा संयुक्त रूपमा चलाइॅंदैछ।
अलकनन्दा नदीमा बोट र सोनार तकनीकको मद्दतले खोजी अभियान जारी रहेको छ र हराएका यात्रीहरूको पत्ता लगाउन घटनस्थलदेखि श्रीनगरसम्म वाचरहरू नियुक्त गरिएका छ। यस सघन सर्च अभियान अवधि रतूडा छेउ नदी किनारबाट एक व्यक्तको शव बरामद गरिएको छ। शव रुद्रप्रयाग जिल्ला चिकित्सालय पठाइएको छ।
एसपी अक्षय प्रल्हाद कोंडेले बताए, आज भेटिएको शवको पहिचान राजस्थानको उदयपुर निवासी संजय सोनीको रूपमा भएको छ। शव पोस्टमार्टमको निम्ति पठाएको छ, जसपछि शव परिजनलाई प्रदान गरिने छ। उनले अझै पनि 8 यात्री बेपत्ता रहेको र उनीहरूको खोजीको निम्ति रेस्क्यू टीमले लगातार प्रयास गरिरहेको बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी