छत्तीसगढ़मा दुई घोड़ा गैल्डर्सले संक्रमित, प्रोटोकल अन्तर्गत विष दिएर मारिनेछन् दुवै घोड़ा
घोड़ा


अम्बिकापुर, 27 जून (हि.स.)। छत्तीसगढ़को सरगुजा जिल्लामा पहिलो पल्ट घोड़ाहरूमा अत्यन्तै खतरनाक रोग गैल्डर्सको पुष्टि भएको छ। यहाँ बिहेमा प्रयोग गरिने दुई घोड़ामा गैल्डर्सको लक्षण पाइएको थियो। जसपछि यसको पुष्टिको निम्ति राष्ट्रिय अश्व अनुसन्धान केन्द्र, हिसारलाई ब्लड सेम्पल पठाइएको थियो। पाँचौं पल्ट ब्लड सेम्पल पठाइएका दुई घोड़ाको सेम्पल पोजिटिभ आयो।

गैल्डर्स एक संक्रामक रोग हो, जुन घोड़ा, गधा र खच्चरहरूमा पाइन्छ र विशेष परिस्थितिमा यो मनुष्यमा पनि फैलिनसक्छ। यसैले यसलाई सार्वजनिक स्वास्थ्यको दृष्टिले पनि गम्भीर मानिन्छ। यस समय सरगुना जिल्लामा कूल 28 घोड़ा पंजीकृत छन्। जिल्ला प्रशासनले सबै घोड़ा मालिकहरूलाई सतर्क रहने र आवश्यक जाँच गराउने सुझाउ दिएको छ। संक्रमित घोड़ाका मालिकहरूलाई आर्थिक सहायता प्रदान गरिनेछ।

गैल्डर्सको पुष्टि हुँदा अम्बिकापुर नगर निगमले आगामी तीन महिनासम्म क्षेत्रमा अश्व प्रजातिको पशुहरूको आवागमनमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। राज्य सरकारले यसको निम्ति आदेश पनि जारी गरेको छ।

रिपोर्ट पोजिटिभ आएपछि अब दुवै घोड़ालाई प्रोटोकल अन्तर्गत निर्धारित गाइडलाइन अनुसार विष दिएर मारिनेछ। यसको निम्ति कलेक्टरबाट अनुमति लिएर दुवै घोड़ालाई मार्ने तयारी छ। प्रोटोकल अन्तर्गत दुवै घोड़ालाई पहिले एनेस्थीसिया दिइनेछ र फेरि उनीहरूलाई विष दिएर मारिनेछ र फेरि दफन गरिनेछ।

जिल्लाका वरिष्ठ पशु चिकित्सक सीके मिश्राले शुक्रवार भने, यो रोग बर्कहोल्डरिया मैलेई नामक बेक्टीरियाले हुन्छ। यो मनुष्यहरू सहित अन्य जनावरहरूमा पनि फैलिनसक्छ। यसबाट यसको गम्भीरता अझ् बढ्नसक्छ। यो जूनोटिक रोग हो, जसको अर्थ हो, यो जनावरहरूबाट मनुष्यहरूमा फैलिनसक्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande