रुद्रप्रयाग, 27 जून (हि.स.)। रातिमा परेको पानीका कारण सोनप्रयाग र गौरीकुण्डको बीचमा दुई ठाउँमा केदारनाथ धाम जाने बाटो निरन्तर अवरुद्ध छ, यस ठाउँमा बिहानदेखि नै बाटो अवरुद्ध रहेको थियो, बिहान 9 बजीतिर सम्बन्धित कार्यदायी निकायहरूले सडक यातायातका लागि खोलेका छन्।
रुद्रप्रयाग जिल्लामा लगातार रूपमा परिरहेको पानीका कारण सोनप्रयाग शटल पुल छेउ र मुनकटिया छेउ स्लाइडिङ जोन क्षेत्रमा निरन्तर पैह्रो झर्ने क्रमका कारण आवागमन पूर्ण रूपमा बाधित रह्यो। सम्बन्धित कार्यदायी निकायहरूले बाटो खोल्ने कार्य गरे, तर पहाडबाट लगातार रूपमा हिलो माटो र ढुङ्गा झरिरहेकाले आवागमन खुल्ला गर्न निकै समस्या उत्पन्न भयो।
मौसम सफा भएपछि बाटोमा झरेका हिलो माटो र ढुङ्गाहरू हटाउने कार्य गरियो र उक्त दुवै ठाउॅंमा मानिसहरू पैदल हिड्न सक्ने बाटो तयार गरियो। यसैबीच, सुरक्षाको कारणले गर्दा पुलिसले यी दुई स्थानमा यात्रीहरूलाई रोक्यो र बाटो सहज भएपछि उनीहरूलाई यात्रा मार्गमा पठाइएको थियो। यसरी नै गौरीकुण्डबाट फर्केका यात्रीहरूलाई सोनप्रयाग तर्फ ल्याइएको छ।
उक्त दुई ठाउॅंमा बाटो बन्द हुने र खुल्ला हुने घटना अनिश्चित बनेको छ। सम्बन्धित कार्यदायी संस्था, प्रशासनिक अधिकारीगण र पुलिसको अतिरिक्त सतर्कतामा यात्रीहरूको आवागमन सुनिश्चित गरिॅंदैछ। पुलिस अधीक्षकले केदारनाथ आइरहेका श्रद्धालुहरूलाई मौसम पूर्वानुमानसहित अतिरिक्त सतर्कताका साथ केदारनाथ धाम यात्रामा आउन अपील गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी