इम्फाल, 27 जून (हि.स.)। मणिपुर पुलिसले दुई दिनसम्म चलाइएको धेरै लक्षित अभियानहरूमा प्रतिबन्धित उग्रवादी समूहरूसित सम्बन्धित चार जनालाई पक्राउ गरेको छ। पुलिसले एक हतियार डीलरलाई पनि पक्राउ गरेको छ, जसदेखि हतियार, कारतूस र अन्य समान जफत गरिएको छ। यी सबैलाई इम्फाल पश्चिम, इम्फाल पूर्व र थौबल जिल्लाहरूबाट पक्राउ गरिएको छ। विभागीय अधिकारीहरूले शुक्रवार यसको पुष्टि गरेका छन्।
पक्रा पर्नेहरूमा 25 वर्षीय मोहम्मद हेलन पनि सामेल छ, जसलाई थौबल जिल्लाबाट समातियो। अधिकारीहरू अनुसार, हेलनले हतियार लहराएर मयांग इम्फाल निवासीहरूमा भय उत्पन्न गरिरहेको थियो। बुधबारे बजार नजिक पुलिसले उसलाई हिरासतमा लियो र जब उसको तलाशी लिइयो, उदेखि 4 जिउँदो कारतूस, .32 केलिबरको पेस्तोल, नकली म्याग्जीनको साथ एक डमी बन्दूक र अन्य़ धेरै समान जफत गरियो।
यसबीच समन्वित उग्रवादी विरोधी प्रयासहरूमा सुरक्षाबलहरूको टीमले तीन उग्रवादीहरूलाई पक्राउ गऱ्यो। 37 वर्षीय शांधम रोमेन सिंह, जो कंगलीपाक कम्युनिस्ट पार्टी (पीडब्ल्यूजी) को हिस्सा रहेको सन्देह छ, उसलाई इम्फाल पश्चिमको वांगोई क्षेत्रबाट हिरासतमा लिइयो। अधिकारीहरूको दाबी छ, उ घाटी क्षेत्रहरूमा नागरिकहरूलाई डराई-धम्काई उनीहरूबाट पैसा असूली गर्नमा सामेल थियो।
यही क्रममा एक अन्य संदिग्ध, 43 वर्षीय लौकरकपम प्रेमी देवीलाई सिंगजामेईमा पक्राउ गरियो, जो आरपीएफ-पीएलएसित सम्बन्धित रहेको आशंक छ। पुलिसले भन्यो, उसले लाम्फेल डिप्टी कमिश्नरको कार्यालय र धेरै कूरियर एजेन्सीहरूका कर्मचारीहरूमाथि पैसा असूलीको निम्ति दबाउ दिइऱहेको थियो।
सुरक्षाकर्मीहरूले इम्फाल ईस्टको पोरोमपतमा एक आवासमा छापा माऱ्यो र 26 वर्षीय थंगजाम पुरेम्बा सिंहलाई पक्राउ गऱ्यो, जसबारे भनिन्छ कि उ पीआरईपीएके (पीआरओ) सित जोड़िएको छ।
यी सबै गिरफ्तारीहरू बिना कुनै प्रतिरोधकै गरियो र अधिकारीहरूले हिरासतमा लिइएका प्रत्येक व्यक्तिबाट मोबाइल फोन र पहिचान दस्तावेज जफत गऱ्यो। पुलिसले अलग-अलग एफआईआर दर्ता गरेको छ र राज्यमा व्यापक उग्रवादी र हतियार आपूर्ति नेटवर्कको अगाड़ीको जाँच शुरू गरेको छ। यो अपरेशन मणिपुरमा उग्रवादी समूहहरू र अवैध हतियार प्रसार विरूद्ध कानून प्रवर्तनद्वारा निरन्तर जारी कारबाहीलाई दर्शाउँछ।
हिन्दुस्थान समाचार / भवानी थामी