पञ्जाबमा ग्याङ्गस्टर जग्गू भगवानपुरियाकी आमा र सहयोगीको हत्या
murder


चण्डीगढ, 27 जून (हि.स.)। पञ्जाबको गुरदासपुरमा हतियारधारी युवाहरूले गए राति ग्याङ्गस्टर जग्गू भगवानपुरियाकी आमा हरजीत कौर र उनका सहयोगी युवक करणवीर सिंहको गोली हानी हत्या गरेका छन्। हत्याको जिम्मेवारी बंबीहा ग्याङ्गले लिएको छ।

करणवीरका बुबा पञ्जाब पुलिसमा पुलिस थाना प्रभारी हुन्। पुलिसले यो हत्यालाई ग्याङ्ग वारको परिणाम मानिरहेको छ। लरेन्स बिश्नोई र गोल्डी बराड गिरोहबीचको हालैको विवादपछि यो पहिलो ग्याङ्गस्टर हत्या हो।

पुलिस अनुसार, हरजीत कौर कुनै कामका लागि करणवीर सिंहसँग जाँदै थिइन्। उनको गाडी अर्बन स्टेटमा कादिया चुंगीमा पुग्ने बित्तिकै आक्रमणकारीहरूले अन्धाधुन्ध गोलीबारी गर्न थाले। हरजीत कौर र करणवीर सिंहको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

पुलिसले गुरदासपुर जिल्लालाई सिल गरी अनुसन्धान शुरु गरेको छ। आज बिहान घटनाको जिम्मेवारी हरियाणाका दुई कुख्यात ग्याङ्गस्तर प्रभु दसुवाल र कौशल चौधरीले सामाजिक सञ्जालमा लिएका छन्। दुवै जना बंबीहा ग्याङ्गका लागि काम गर्छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande