अहमदाबाद, 27 जून (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले आज 148औं रथयात्राको पवन अवसरमा अहमदाबादको सुप्रसिद्ध श्री जगन्नाथ मन्दिरमा मंगला आरतीमा भाग लिए र भगवानको दर्शन गरे।
देशव्यापी रूपमा भगवान जगन्नाथजीप्रति गहिरो आस्था छ। प्रत्येक वर्ष आषाढी बीजको पावन दिन भगवान जगन्नाथजी आफ्ना भक्तजनलाई दर्शन दिनका लागि नगर यात्रामा निक्लिन्छन्। यस परम्परा अन्तर्गत रथयात्रा शुरू हुनुभन्दा अघि केन्द्रिय गृहमन्त्री अमित शाहले परिवारको साथमा भगवान जगन्नाथको मंगला आरती गरेर पूजा अर्चना गरे।
आस्थाको प्रतीक यस रथयात्राको पावन अवसरमा अहमदाबाद मन्दिरका महन्त दिलीपदासजी, अखिल भारतीय सन्त समितिका अध्यक्ष अविचलदासजी, राज्यका गृह राज्यमन्त्री हर्ष सांघवी, सहकार राज्यमन्त्री जगदीश विश्वकर्मा, स्थानीय विधायकगण, सन्त-महन्त र ठूलो संख्यामा श्रद्धालु भक्त उपस्थित थिए।
हिन्दुस्थान समाचार / भवानी थामी