प्राकृतिक संसाधनहरूको सही तरीकाले दोहन भए पूर्वत्तर आर्थिक हब बन्नसक्छ- हिमन्त
हिमन्त


गुवाहाटी, 27 जून (हि.स.)। गुवाहाटीको सोनापुर स्थित मेफेयर रिजोर्टमा शुक्रवार दुई दिवसीय द्वितीय उत्तर-पूर्व खनन र खनिज मन्त्री सम्मेलनको शुरूआत भयो। भारत सरकारको खान मन्त्रालयको पहलमा आयोजित यस सम्मेलनमा खनन क्षेत्रमा स्थायित्व र पूर्वोत्तरको विकासमाथि मन्थन भइरहेको छ।

यस अवसरमा केन्द्रिय कोइला एवं खनन मन्त्री जी किशन रेड्डी, केन्द्रिय राज्य मन्त्री (खनन) सतीश चन्द्र दुबे तथा असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा सामेल भए। सम्मेलनको विषय ‘कुशल खानी मार्फत उत्तर-पूर्वको सशक्तिकरण’ रहेको छ।

मुख्यमन्त्री डा. सरमाले आफ्नो भाषणमा भने, उत्तर-पूर्व र विशेषगरी असमको खनिज सम्पदाको ऐतिहासिक महत्व छ। यदि हामीले यी संसाधनहरूको सही तरीकाले दोहन गर्न सक्यौं भने यो क्षेत्र देशको आर्थिक हब बन्नसक्छ। राज्यहरूले केन्द्र सरकारको सहयोग गर्दै आत्मनिर्भरताको दिशामा पाइला बढ़ाउनुपर्नेछ। केवल अरूमाथि निर्भर रहेर विकास सम्भव छैन।

सम्मेलनमा पूर्वोत्तर राज्यहरूको खनन र खनिज विभागका मन्त्री र अधिकारी सामेल भए। यो सम्मेलन शनिवार पनि जारी रहनेछ, जसमा टिकाउ खनन नीतिहरू, निवेश सम्भावनाहरू र राज्यहरूबीच समन्वयमाथि विस्तारमा चर्चा गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande