इम्फाल, 29 जून (हि.स.)। मणिपुरको बिष्णुपुर र टेंग्नौपाल जिल्लाबाट प्रतिबन्धित उग्रवादी संगठनहरूका क्याडरहरूलाई सुरक्षा बलहरूले अलग-अलग अभिानहरूमा पक्राउ गरे।
पुलिस प्रवक्ताले आइतवार बताए, पहिलो अभियानमा केसीपी (ताइबंगनबा)-का एकजना कार्यकर्तालाई उसको घरबाटै पक्राउ गरियो जसको पहिचान लिटोंगबाम सनमाचा सिंह (20)-को रूपमा भएको छ भने उसलाई केनमचा, केफा र नुंगशिथोइबाको नामले पनि चिनिन्छ जो बिष्णुपुर जिल्लाको नाम्बोल पुलिस स्टेशन अन्तर्गत ओइनम उषाखांगदाबीको निवासी हो।
यस्तै अर्को घटनामा पीएलए संगठनसित सम्बन्दित एकजना सक्रिय उग्रवादीलाई टेंग्नोपौल पुलिस स्टेशनको अधिकार क्षेत्रस्थित सीमा स्तम्भ संख्या-87 बाट पक्राउ गरियो। पक्रा पर्ने कार्यकर्ताको पहिचान मोइरंगथेम सनथोई सिंह (23)-को रूपमा भएको छ जो थौबल जिल्लाको हिरोक पार्ट-1 निवासी रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा