देशमा 4000 भन्दा धेरै मानिस कोरोना संक्रमित, 24 घण्टाको पाँचको मृत्यु
कोरोना


नयाँ दिल्ली, 03 जून (हि.स.)। भारतमा कोरोनाको रफ्तार तीव्र गतिमा बढ़िरहेको छ। देशमा मंगलवारसम्म कोरोना संक्रमितहरूको संख्या 4,000 माथि पुग्यो। गत 24 घण्टाम पाँच जनाको मृत्यु भएको छ। केन्द्रिय स्वास्थ्य मन्त्रालयले केरलमा एक, महाराष्ट्रमा दुई, तमिलनाडूमा एक र पश्चिम बंगालमा एक व्यक्तिको कोरोनाले मृत्यु भएको पुष्टि गरेको छ।

स्वास्थ्य मन्त्रालय अनुसार, मंगलवार जारी आंकड़ाहरू अनुसार देशमा कोरोना संक्रमितहरूको संख्या 4026 छ। सबैभन्दा धेरै संक्रमितहरू केरलमा पाइएका छन्। यिनीहरूको संख्या 1416 छ। महाराष्ट्रमा संक्रमितहरूको संख्या 494, गुजरातमा 397 र दिल्लीमा 393 छ। यद्यपि, गत 24 घण्टामा राष्ट्रिय राजधानी दिल्लीमा संक्रमितहरूको संख्यामा कमी आएको छ। गुजरातमा लहर बढ़ेको छ। संक्रमितहरूको संख्यामा 59 को वृदधि भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande