
नयाँ दिल्ली, 05 जून (हि.स.)। चुनाउ आयोगले चुनाउपछि रिपोर्टिङ प्रक्रियालाई तीव्र र कुशल बनाउन प्रविधिमा आधारित ‘इन्डेक्स कार्ड’ प्रणालीको शुरूआत गरेको छ। मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारको अध्यक्षतामा तथा चुनाउ आयुक्तहरू डा. सुखबीर सिंह सन्धू र डा. विवेक जोशीको देखरेखमा यो प्रणाली लागू गरिएको छ।
यस प्रणाली अन्तर्गत चुनाउ परिणामहरूसित सम्बन्धित आंकड़ाहरूलाई स्वचालित रूपले संकलित गरी लोकसभा र विधानसभा चुनाउ सम्बन्धी क्रमशः 35 र 14 सांख्यिकीय रिपोर्ट तयार गरिन्छ। यी रिपोर्टहरूमा प्रत्याशी, मतदाता, मतदान प्रतिशत, पार्टीवार प्रदर्शन, महिला मतदाता भागीदारी, क्षेत्रीय अन्तर र विजयी प्रत्याशीहरूको जानकारी जस्ता विविध आयाम सामेल हुन्छन्। यस अगाड़ी यो कार्य मेनुअल तरीकाले भरिएको भौतिक ‘इन्डेक्स कार्ड’ को माध्यमले हुन्थ्यो, जसबाट रिपोर्टिङमा ढिलाई हुनेगर्थ्यो। अब यो प्रक्रिया पूर्णतः डिजिटल र डेटा इन्टीग्रेशन आधारित छ, जसबाट आंकड़ा शीघ्र उपलब्ध हन्छ।
यो प्रणाली शोधकर्ताहरू, पत्रकारहरू र नीति-निर्माताहरूका लागि एक सशक्त संसाधन हो। यद्यपि, यो रिपोर्ट केवल अनुसन्धान र शैक्षणिक उद्देश्यहरूको निम्ति हो र अन्तिम प्रामाणिक आंकड़ाहरू रिटर्निङ अधिकारीहरूद्वारा राखिएको वैधानिक दस्तावेज नै मानिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी