असममा बाढ़ीले 22 जिल्ला प्रभावित, ब्रह्मपुत्र समेत 15 नदी खतराको निशानभन्दा माथि
बाढ़ी


गुवाहाटी, 03 जून (हि.स.)। लगातार वर्षाले असममा बाढ़ीको स्थिति गम्भीर बनाएको छ। ब्रह्मपुत्र (निमातीघाट, तेजपुर), सुबनसिरी (बड़ाटीघाट), बुरीदिहिंग, धनसिरी (नुमलीगढ़), कपिली (कामपुर, धरमटुल), बराक (छोटा बेकरा, फुलेर्टल, एपी घाट, बीपी घाट), रूकनी (धोलाई), धलेस्वरी (घरमुरा), कटाखाल (मातिजुरी) र कुशियारा (श्रीभूमि) नदीहरू खतराको निशानभन्दा माथि बगिरहेका छन्।

बाढ़ीले 22 जिल्ला प्रभावित छन्। जसमा लखीमपुर, नगाउँ, कछार, डिब्रूगढ़, माजुली, तिनसुकिया, शिवसागर, दरंग, गोलाघाट, कामरूप, मोरीगाँउ, होजाई, हैलाकान्दी, धेमाजी, जोरहाट, शोणितपुर, बिस्वनाथ, कामरूप (एम), कार्बी आंगलोंग, कार्बी आंगलोंग वेस्ट, डिमा हसाओ र श्रीभूमि जिल्ला सामेल छन्।

अहिलेसम्म 1254 गाउँ बाढ़ीको चपेटमा आइसकेका छन्। बाढ़ीले 5,15,039 जना प्रभावित भएका छन्। 12,610.27 हेक्टर फसल क्षतिग्रस्त भएको छ। 65 राजस्व सर्कल प्रभावित छन्। 165 राहत शिविर र 157 राहत वितरण केन्द्र खोलिएको छ। 31,212 मानिस राहत शिविरहरूमा बसिरहेका छन् जबकि 1,54,177 जना गैर-शिविर राहत केन्द्रहरूबाट सहायता लिइऱहेका छन्।

होजाईमा एक पुरूषको मृत्युको पुष्टि भएको छ। हैलाकान्दी र डिब्रूगढ़बाट एक-एक पुरुष बेपत्ता बनेका छन्। कूल 4,67,851 पशु प्रभावित छन्, जसमा 1,56,253 ठूला, 1,06,216 साना र 2,05,382 पोल्ट्री सामेल छन्। गोलाघाटमा दुई ठूला र लखीमपुरमा 92 (65 ठूला, 27 साना) पशु बगे।

लखीमपुरमा 84 कच्चा घर पूर्ण रूपमा र 43 आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। राहत र बचाउ कार्यहरूमा एसडीआरएफ, फायर एण्ड एमरजेन्सी सर्विस, इनल्याण्ड वाटर ट्रान्सपोर्ट, स्थानीय प्रशासन र मानिसहरू सामेल छन्। 122 मेडिकल टीमहरू र 50 डुंगा तैनाथ गरिएको छ। डुंगाहरूमा 711 जना र 130 पशुलाई सुरक्षित निकालिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande