गुवाहाटी, 03 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदेशका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालाई फोन गरी असममा आएको बाढ़ीलाई लिएर बातचीत गरे। मुख्यमन्त्री डा. सरमाले मंगलवार सोशल मीडिया एक्समा एक पोस्ट साझा गर्दै भनेका छन्, केही समय अगाड़ी प्रधानमन्त्री नरेन्द्र मोदीले असममा बाढ़ीको वर्तमान स्थितिबारे जानकाली लिन मलाई फोन गरे।
मुख्यमन्त्रीले भने, मैले उनलाई बताए कि कसरी असम र वरपरका राज्यहरूमा लगातार पानी परेको कारण बाढ़ी आएको छ र यसबाट धेरै जनाको ज्यानमाथि असर परेको छ। प्रधानमन्त्रीले चिन्ता व्यक्त गरे औं हाम्रो राहत र पुनर्वास प्रयासहरूका लागि केन्द्र सरकारको तर्फबाट पूर्ण समर्थनको आश्वासन दिए। असमवासीहरूका लागि उनको मार्गदर्शन र अटूट समर्थनको निम्ति म आभारी छु।
ज्ञात होस्, मुख्यमन्त्री मंगलवार बिहान बराक घाटीको कछार जिल्लामा आएको बाढ़ीको जायजा लिन पुगेका छन्। अर्कोतिर, मुख्यमन्त्रीले सोमवार माथिल्लो असमको लखीमपुर जिल्लाको बाढ़ी प्रभावित क्षेत्रहरूको दौड़ाह गरी प्रभावितहरूलाई सरकारको तर्फबाट हर सम्भव मद्दतको आश्वासन दिएका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी