शोणितपुर, 03 जून (हि.स.)। राष्ट्रिय उद्यान काजीरंगामा सामेल गरिएको छैठौं क्षेत्रमा फेरि बाढ़ी आएको छ। ब्रह्मपुत्र नदीको उत्तरी किनारमा स्थित जामुगुरीहाटको दक्षिण क्षेत्र स्थित काजीरंगा राष्ट्रिय उद्यानको छैठौं संयोजन क्षेत्रको 40 प्रतिशत क्षेत्र बाढ़ीको पानीमा डूबेको छ।
महाबाहु ब्रह्मपुत्र र घिलाधारी नदीको बाढ़ीको कारण राष्ट्रिय उद्यानमा सामेल गरिएको छैठौं क्षेत्र जलमग्न भएको छ। अर्कोतिर, बाढ़ीको समय उद्यानमा सामेल गरिएको छैठौं क्षेत्रमा बस्ने वन्य जीवहरूलाई कुनै प्रकारको पनि क्षति नपुगोस्, यसमाथि वनकर्मीहरूले तीखो नजर राखेका छन्।
उद्यानमा वन्य जीवहरूको निवास स्थानका साथै खाद्यको खोजमा अग्ला ठाउँमा गएको समय वन्यजीवहरूलाई कुनै अवैध शिकारीको हमलाको शिकार हुन नपरोस्, यसको निम्ति वनकर्मीले दिन-रात सतर्क रहेर निगरानी अभियान चलाइरहेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी