देशका विभिन्न हिस्साहरूबाट हजारौंको संख्यामा कश्मीरी पण्डित माता खीर भवानीको मन्दिर पुगे
खीर


श्रीनगर, 03 जून (हि.स.)। देशका विभिन्न हिस्साहरूबाट हजारौंको संख्यामा कश्मीरी पण्डित मंगलवार जम्मू र कश्मीरको तुल्लामुल्ला शहरमा माता खीर भवानीको मन्दिर पुगेका छन्। मन्दिरमा सुरक्षा, स्वच्छता, स्वास्थ्य सेवा र जन सहायताको निम्ति पर्याप्त व्यवस्था गरिएको छ। तुल्लामुल्ला पुग्न प्रयोग गरिने मार्गमा पुलिस र सुरक्षाबलहरूको भारी तैनाथी गरिएको छ।

गन्देरबल जिल्लामा श्रीनगर शहरदेखि 27 किलोमीटर टाढ़ा माता खीर भवानी मन्दिर लोक्रपिय रूपले चिनिन्छ। वास्तवमा यो देवी रागन्याको मन्दिर हो, जसलाई देवी दुर्गाको अवतार मानिन्छ। भनिन्छ, लंकाका राजा रावण माता राग्न्याका परम भक्त थिए, तर राजाको जीवनशैलीले रूष्ट देवीले हनुमानजीलाई आफ्नो स्थान बदली गरेर टाढ़ा राख्ने आदेश दिइन्। यस प्रकार देवीको मन्दिर तुल्लामुल्ला शहरमा स्थित भयो।

मन्दिरको गर्भगृह एक पवित्र झरनाबीच स्थित छ, जसलाई कश्मीरी पण्डित समुदाय अत्यधिक शुभ मान्छन्। देवीको आंगनमा झरनाको पानीको रंगले भविष्यका घटनाहरूको पूर्वाभास दिन्छ। गुलाबी र दूधे रंग शुभ मानिन्छ। कालो रंगले आपदाको संकेत दिन्छ। तुल्लामुल्ला शहरका बुजुर्गहरूको भनाई छ, 1947 मा जब पाकिस्तानी कबायली आक्रमणकारीहरूले कश्मीरमाथि हमला गरेका थिए, तब झरनाको पानी कालो भएको थियो। हरेक साल ज्येष्ठ अष्टमीमा देवीको वार्षिक उत्सव तुल्लामुल्ला मन्दिरमा मनाइन्छ। पर्वमा भक्तहरूद्वारा खीर (दूध, चीनी र चामल उमालेर बनाइएको हलवा) तयार गरिन्छ र पस्किन्छ, यसैले यसको नाम माता खीर भवानी हुन गयो।

घाटीदेखि स्थानीय पण्डित समुदायको पलायनपछि जब यहाँ हिंसा शुरू भयो तब प्रवासी कश्मीरी पण्डित देशका विभिन्न स्थानहरूमा बसे। तरैपनि उनीहरू वार्षिक उत्सवमा देवीको मन्दिरमा पूजा गर्न आउँछन्। रातभरि भक्तगणले आफ्ना संरक्षक देवताको आशीर्वाद पाउन मन्दिरमा पूजा-अर्चना गर्छन्। मन्दिरमा सुरक्षा, स्वच्छता, स्वास्थ्य सेवा र जन सहायताको निम्ति पर्याप्त व्यवस्था गरिएको छ। तुल्लामुल्ला पुग्न प्रयोग गरिने मार्गमा पुलिस र सुरक्षाबलहरूको भारी तैनाथी गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande