नयाँ दिल्ली, 03 जून (हि.स.)। आईएनडीआई गठबन्धनको ‘कन्स्टीट्यूशन क्लब अफ इण्डिया’ मा मंगलवार बैठक बस्यो, जसमा 16 विपक्षी राजनीतिक दलहरूका प्रतिनिधिहरूले भाग लिए। यी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिट्ठी लेखेर अपरेशन सिन्दूरमाथि संसदको विशेष सत्र बोलाउने माग गरेका छन्। बैठकपछि विभिन्न पार्टीहरूका नेताहरूले संयुक्त पत्रकार वार्ता गरे। यसमा उनीहरूले विशेष सत्रको आफ्नो माग दोहोऱ्याए।
कांग्रेस नेता दीपेन्द्र हुड्डाले भने, पहलगाम हमलादेखि लिएर ‘अपरेशन सिन्दूर’ र ‘सीज़फायर’ सम्मका घटनाहरू र त्यसपछि भएको ‘डिप्लोमेटिक डेवलपमेन्ट’ माथि चर्चा हुनुपर्छ। के भारतले अन्तरराष्ट्रिय मंचमा पाकिस्तानलाई पृथक बनाएको छ ? यदि होइन भने अघिको रणनीति के छ ? यी सबै मुद्दाहरूमाथि संसदको विशेष सत्र बोलाइयोस्। सत्रमा सशस्त्र बलहरूलाई कारबाहीको निम्ति धन्यवाद दिइयोस् र उनीहरूको वीरतालाई सलाम गरियोस्। साथै अगाड़ीको दिशामाथि विचार गरियोस्।
समाजवादी पार्टी सांसद रामगोपाल यादवले भने, अमेरिकी राष्ट्रपति ट्रम्पले ‘सीज़फायर’ को घोषणा गरे। यो भारतको निम्ति चिन्ताको विषय हो। यी मुद्दाहरूमाथि चर्चा आवश्यक छ। ट्रम्पको घोषणाले भारतको प्रतिष्ठालाई नोकसान पुगेको छ। यस्तो स्थितिमा संसद सत्र बोलाइनु आवश्यक छ।
राजद सांसद मनोज झाले भने, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 15 दिनमा 13 बयान दिए। यी बयानहरूले भारतको भावनाहरूलाई ठेस पुऱ्यायो। देश र समाजको रूपमा हामी आहत छौं। संसद सत्र बोलाउँदा हामी एक स्वरमा यसमाथि आफ्नो कुरा राख्नसक्छौं। यो सरकार र विपक्षको मुद्दा होइन, जवाबदेहीको विषय हो।
हिन्दुस्थान समाचार / भवानी थामी