कोलकाता, 03 जून (हि.स.)। सोशल मीडियामा विवादित पोस्टलाई लिएर पक्रा परेकी शर्मिष्ठा पनोलीको मामिलामा नयाँ मोड़ आएको छ। उ विरूद्ध एफआईआर दर्ता गराउने कट्टरपन्थी वजाहत खान अब बेपत्ता बनेको छ। वजाहतले सोशल मीडियामा धेरै हिन्दू विरोधी पोस्ट गरेको छ, जसमा हिन्दू देवी-देवताहरू र मन्दिरहरूको अपमान गरिएको छ। यहाँसम्म कि माँ कामाख्या विरूद्ध आपत्तिजनक पोस्ट गरियो, जसलाई लिएर असम पुलिसले उ विरूद्ध एफआईआर दर्ता गरेको छ। एफआईआर दर्ता भएदेखि उ घरबाट भागेको छ।
यद्यपि, वजाहतका पिता सआदत खानको दाबी छ, उनका छोरालाई धम्कीपूर्ण कल्स आइऱहेको थियो र उनलाई आशंका छ कि उसको सोशल मीडिया अकाउन्ट ह्याक गरी उसलाई फंसाइएको हो। सआदतले भने, शर्मिष्ठाको गिरफ्तारी भएदेखि नै उनको परिवार मानसिक तनाउमा छ। उनको छोरालाई गत केही दिनमा धेरै अपमानजनक र धम्कीपूर्ण कल्स आयो, जसमा उसलाई शर्मिष्ठाको जीवन बर्बाद गरेको दोषी ठहर गरियो। उनको छोरा धर्मनिरपेक्ष हो, उसले हिन्दू धर्मको अपमान गर्नसक्दैन।
यसबीच श्री राम स्वाभिमान परिषदले वजाहत खान विरूद्ध कोलकाताको गार्डनरीच थानामा शिकायत दर्ता गराएको छ। शिकायतमा वजाहतमाथि हिन्दू समुदाय विरूद्ध आपत्तिजनक र भड्काउ भाषाको प्रयोग गरेको आरोप लगाइएको छ। 02 जूनमा लेखिएको चिट्ठीमा भनिएको छ, वजाहतले सोशल मीडियामा ‘रेपिस्ट कल्चर’ र ‘यूरीन ड्रिंकर्स’ जस्ता शब्दहरूको प्रय़ोग गऱ्यो, साथै हिन्दू देवी-देवताहरू, मन्दिरहरू र चाँड़हरूको खिल्ली उड़ायो। परिषदले यस पोस्टलाई साम्प्रदायिक तनाउ भड्काउने बताउँदै भारतीय न्याय संहिता र आईटी एक्टका धाराहरूमा कारबाहीको माग गरेको छ।
उल्लेख्य, 30 मई अबेर राति कोलकाता पुलिसले शर्मिष्ठा पनोलीलाई गुरूग्रामबाट पक्राउ गरेको थियो। उनलाई कोलकाता ल्याएर 14 दिनको न्यायिक हिरासतमा पठाइयो। गिरफ्तारीको कारण एक भाइरल भीडियो थियो, जसमा उनले अपरेशन सिन्दूरमा मौन बलीवुड मुस्लिम हस्तिहरूलाई लिएर आपत्तिजनक टिप्पणी गरेकी थिइन्। पछि भीडियो हटाइयो र शर्मिष्ठाले माफी मागिन् तर गिरफ्तारीमा विवाद गहिरिँदै गयो। भाजपा नेताहरूले यस कदमलाई अभिव्यक्तिको स्वतन्त्रतामाथि हमला बताए।
अब वजाहत खानको कथित कट्टरपन्थी पोस्ट र उ फरार भएको खबरले यस पूरा मामिलालाई अझ् जटिल बनाएको छ। असम पुलिसको कारबाहीदेखि बच्न वजाहत फरार भएको बताइँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी