जम्मू, 30 जून (हि.स.)। जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग औ मुगल रोडमा सोमवार वाहनहरूको आवागमन सुचारू रूपमा जारी छ। आज साना वाहनहरूलाई राष्ट्रिय राजमार्गका दुवै तर्फबाट अनि ठूला वाहनहरूलाई जम्मूदेखि श्रीनगर तर्फ मत्र प्रस्थान गराइँदैछ।
यातायात विभागीय अधिकारीले बताए, प्रतिकूल मौसम भए पनि जम्मू-श्रीनगर राजमार्गमा वाहनहरूको आवागमन अन्य दिन सरह जारी छ। साना वाहनहरूलाई आपनो लेनमा गुड़्ने सुझाउ दिइएको छ भने कुनै पनि वाहनलाई तीव्र गतिमा गुड़्ने वा ओभरटेक गर्नदेखि बच्ने सल्लाह दिइएको छ ताकि राजमार्गमा जामको स्थिति उत्पन्न नहोस्। यसबीच साना वाहनहरूलाई जम्मूदेखि श्रीनगरर अनि श्रीनगरदेखि जम्मू दुवै तर्फ प्रस्थान गराइँदैछ भने ठूला वाहनहरूलाई जम्मूदेखि श्रीनगर तर्फ जाने अनुमति दिइएको छ।
विभागले यात्रीहरूसित अपील गरेको छ, उनीहरूले आफ्नो यात्रा शुरू गर्नपूर्व यातायात कन्ट्रोल रूमसित सम्पर्क गरून् ताकि उनीहरूलाई कुनै प्रकारको समस्याको सामना गर्न नपरोस्।
यसै बीच राजौरी-पुँछ जिल्लालाई दक्षिण कश्मीरको शोपियाँसित जोड़्ने मुगल रोडलाई पनि वाहनहरूको आवागमनको लागि खोलिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा