नयाँ दिल्ली, 04 जून (हि.स.)। अस्ट्रेलियाका उप प्रधानमन्त्री र रक्षा मन्त्री रिचर्ड मार्लेसले बुधवार प्रधानमन्त्री नरेन्र्ह मोदीलाई भेटे। प्रधानमन्त्री मोदीले हालमा भएको संघीय चुनाउमा अस्ट्रेलियाई लेबर पार्टीको एतिहासिक जितमा उप प्रधानमन्त्री मार्लेसलाई बधाई दिए।
प्रधानमन्त्री कार्यालय (पीएमओ) अनुसार, दुवै नेताले भारत-अस्ट्रेलिया व्यापक रणनीतिक साझेदारीलाई अझ् बलियो बनाउनका लागि विचारहरूको आदान-प्रदान गरे। उनीहरूले रक्षा औद्योगिक सहयोग, लचीलो आपूर्ति श्रृंखला, महत्वपूर्ण खनिजहरू, नयाँ र उदियामान प्रौद्योगिकीहरू जस्ता प्रमुख क्षेत्रहरूमा सहयोग बढ़ाउने महत्वलाई रेखांकित गरे।
प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा पोस्ट गरेका छन्, अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्लेससित भेटेर खुशी लाग्यो। भारत-अस्ट्रेलिया व्यापक रणनीतिक साझेदारीलाई अझ् मजबुत बनाउनमाथि सार्थक चर्चा भयो, जसको आज पाँचौं वर्षगाठ हो। स्थिर, सुरक्षित र समृद्ध हिन्द-प्रशान्तको निम्ति हाम्रो साझा दृष्टिकोण हाम्रो सहयोगको मार्गदर्शन गरिरहनेछ।
उपप्रधानमन्त्री मार्लेसले सीमा पारी आतङ्कवाद विरूद्ध भारतको लड़ाईमा अस्ट्रेलियाको समर्थनलाई दोहोऱ्याए।
प्रधानमन्त्री मोदीले यस वर्षको अन्तमा भारतमा आयोजित हुने वार्षिक शिखर सम्मेलनको निम्ति प्रधानमन्त्री अल्बानीजलाई निमन्त्रण दिए।
हिन्दुस्थान समाचार / भवानी थामी