बेङ्गलुरूको चिन्नास्वामी स्टेडियम नजिक भगदड़, 7 को मृत्यु, 50 भन्दा धेरै घाइते
बेङ्गलुरूको चिन्नास्वामी स्टेडियम नजिक भगदड़, 7 को मृत्यु, 50 भन्दा धेरै घाइते


बेङ्गलुरू, 04 जून (हि.स.)। बेङ्गलुरूको चिन्नास्वामी स्टेडियम बाहिर रोयल चेलेन्जर्स बेङ्गलुरू (आरसीबी) को विक्ट्री परेडमा मचेको भगदड़मा कम्तीमा सात जनाको मृत्यु भएको सूचना छ। यस दुर्घटनामा 20 भन्दा धेरै मानिस गम्भीर रूपमा घाइते भएका छन्।

घाइतेहरूमध्ये धेरैको स्थिति गम्भीर बनेको छ। आरसीबीको विक्ट्री परेडमा सामेल हुनका लागि भारी संख्यामा मानिसहरू चिन्नास्वामी स्टेडियम बाहिर उपस्थित थिए। पुलिसले उनीहरूलाई नियन्त्रित गर्न लाठीचार्ज गऱ्यो र यसपछि भगदड़ मचियो। भगदड़ स्टेडियमको मेन गेट नजिक मचियो, जसमा दबेर मानिसहरूको मृत्यु भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande