नयाँ दिल्ली, 04 जून (हि.स.)। कांग्रेस नेता राहुल गान्धीको बयानमा भारतीय जनता पार्टी (भाजपा) ले प्रतिक्रिया दिँदै यसलाई सेनाको अपमान बताएको छ। भाजपाले भन्यो, जुन प्रकारले सेनाद्वारा देखाइएको अप्रतिम शौर्य र सेनाका अधिकारीहरूद्वारा जुन प्रकारले अपरेशन सिन्दूरको सफलताको विवरण दिइएको छ, राहुल गान्धीद्वारा त्यसलाई सरेन्डरसित तुलना गर्नु, यो मानसिकता कतिको खतरनाक भइसकेको छ भनी दर्शाउँछ।
भाजपा मुख्यालयमा बुधवार आयोजित प्रेस वार्तामा भाजपा प्रवक्ता एवं सासंद सुधान्धु त्रिवेदीले भने, एकातिर भारतद्वारा पठाइएको संयुक्त संसदीय दलमा कांग्रेस सहित तमाम विपक्षी दलहरूका सांसदहर विश्वभरिका भिन्न-भिन्न देशहरूमा भारतको पक्षलाई गम्भीरताको साथ र पूरा राष्ट्रको एकजुटको साथ राखेर फर्किरहेका छन्। अर्कोतिर, राहुल गान्धीले एकदमै स्तरहीन कुरा गरी विश्वलाई बताइरहेका छन् कि नेता प्रतिपक्षको पद पाएपछि पनि उनीभित्र गम्भीरता र नेता प्रतिपक्षको परिपक्वताको घोर अभाव छ।
उनले भने, राहुल गान्धीले यस्तो बयान दिएका छन्, जुन पाकिस्तानको सेना प्रमुखले पनि बोलेनन्, पाकिस्तानको कुनै आतङ्की संगठनले पनि बोलेन, मौलाना मसूद अजहरले पनि बोलेन, हाफिज सईदले पनि बोलेन। यसमा कसैले यो शब्द बोलेन कि भारतले सरेन्डर गरेको छ तर तिनीहरूले समय-समयमा आफ्नो समस्याहरू जाहेर गरेका छन्।
उनले भने, भारतीय सशस्त्र बलहरूले अपरेशन सिन्दूरको सफलताको घोषणा गऱ्यो- भाजपा नेताहरू र उसका प्रवक्ताहरूले होइन। जुन प्रकारले राहुल गान्धीले सशस्त्र बलहरूको सफलताको तुलना ‘आत्मसमर्पण’ सित गरे, त्यो उनीहरूको वीरता र बलिदानको स्पष्ट अपमान हो।
हिन्दुस्थान समाचार / भवानी थामी