छत्तीसगढ़मा हिस्ट्रीशीटर रोहित तोमरको घरमा छापामारी, करोड़ौंको नगदी र हतियार जफत
रेड


रायपुर, 04 जून (हि.स.)। करणी सेनाको कथित राष्ट्रिय अध्यक्ष वीरेन्द्र तोमर र उनका भाई हिस्ट्रीशीटर रोहित तोमरको रायपुरको भाठागाउँ स्थित आवासहरूमा क्राइम ब्राञ्चको 25 सदस्यीय टीमले मंगलवार रातिदेखि छापामारी गरेको छ। क्राइम ब्राञ्चले यस टीममा महिलाहरूलाई पनि साथ राख्यो। यद्यपि, छापामारी अगावै दुवै भाई भागेका थिए। दुवैमाथि 10 भन्दा धेरै गम्भीर मामिलाहरू दर्ता छन्।

पुलिस अधिकारीहरूद्वारा दिइएको जानकारी अनुसार, अहिलेसम्मको कारबाहीमा पुलिसले करोड़ौं रूपियाँको नगदी, दुई किलो सुन, दुई पेस्तोल, 20 जिउँदो कारतूस, थार गाड़ीको साथ बीएमडब्ल्यू कार र जमीनसित सम्बन्धित महत्वपूर्ण दस्तावेज जफत गरेको छ। जानकारी अनुसार, 15 घण्टासम्म चलेको कारबाहीमा बदमाश रोहित तोमरको घरबाट डिजिटल साक्ष्य पनि जफत गरिएको छ।

छापामारीको यो कारबाही रोहित तोमर विरूद्ध दर्ता पुराना आपराधिक मामिलाहरू र आर्थिक गड़बड़ीको जाँच अन्तर्गत गरिएको हो। रोहितलाई स्थानीय पुलिस रेकर्डमा एक सक्रिय हिस्ट्रीशीटर बताइएको छ।

हालमा रोहित तोमरले तेलीबांधा क्षेत्रमा एलओडी क्लबमा एक व्यापारीलाई आफ्नो बडीगार्डको साथ मिलेर कुटेको थियो। पीड़ितले यस मामिलाको शिकायत तेलीबांधा थानामा गरेको थियो। पीड़ित व्यापारीको शिकायरपछि नै पुलिस हिस्ट्रीशटर बदमाश रोहित तोमरको खोजमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande