स्वास्थ्य सेवामा एआईको निम्ति आईआईटी दिल्ली र एम्स दिल्लीले उत्कृष्टता केन्द्रि स्थापित गर्ने
स्वास्थ्य सेवामा एआईको निम्ति आईआईटी दिल्ली र एम्स दिल्लीले उत्कृष्टता केन्द्रि स्थापित गर्ने


नयाँ दिल्ली, 04 जून (हि.स.)। देशका दुई प्रमुख संस्थानहरू आईआईटी दिल्ली र एम्स दिल्लीले हेल्थकेयरमा एआईको निम्ति उत्कृष्टता केन्द्र (एआई-सीओई) स्थापित गर्नका लागि बुधवार समझौता ज्ञापन (एमओयू) मा हस्ताक्षर गरे।

आईआईटी दिल्लीमा आयोजित समारोहमा एम्स दिल्लीका निदेशक प्रोफेसर एम श्रीनिवास र आईआईटी दिल्लीका निदेशक प्रोफेसर रंगन ब्यानर्जीले एमओयूमा हस्ताक्षर गरे। प्रो. श्रीनिवासले भने, यो समझौता ज्ञापन दूरगामी सहयोगात्मक अनुसंधानको शुरूआत हो, जसमा देशमा स्वास्थ्य सेवाको अनुहार बदलिने क्षमता छ। प्रो. रंगन ब्यानर्जीले भने, एम्स र आईआईटी दिल्लीबीच साझेदारीमा किफायती स्वास्थ्य सेवाको निम्ति आर्टिफिशियल इन्टेलिजेन्सलाई बदलिने क्षमता छ।

यो केन्द्रले देशमा प्रमुख राष्ट्रिय स्वास्थ्य कार्यक्रमहरूको समर्थन गर्न एआई-आधारित समाधान विकसित गर्नमाथि ध्यान केन्द्रित गर्नेछ। गत साल दुवै संस्थानलाई अत्यधिक प्रतिस्पर्धी चयन प्रक्रियापछि भारत में एआई बनाएं, भारत के लिए एआई काम करें पहल अन्तर्गत शिक्षा मन्त्रालयद्वारा 330 करोड़ रूपियाँको अनुदान दिइएको थियो। प्रस्तावित उत्कृष्टता केन्द्र अनुदानको निम्ति कार्यान्वयन माध्यम हुनेछ।

समझौताको मुख्य बिन्दूएआई-सीओईले देशमा प्रमुख राष्ट्रिय स्वास्थ्य कार्यक्रमहरूको समर्थन गर्न एआई-आधारित समाधान विकसित गर्नमाथि ध्यान केन्द्रित गर्नेछ। यस केन्द्रको उद्देश्य स्वास्थ्य सेवाहरूलाई राम्रो बनाउने, स्वास्थ्य सेवा प्रदाताहरूलाई राम्रो बनाउने र देशको हरेक नागरिकलाई गुणवत्तापूर्ण स्वास्थ्य सेवा प्रदान गर्नका लागि अत्याधुनिक एआई समाधान विकसित गर्नु हो। एआई-सीओई राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा एक प्रमुख अनुसन्धान र संसाधन केन्द्रको रूपमा काम गर्नेछ र यसको उद्देश्य स्वदेशी रूपमा विकसित एआई सिस्टम र समाधानहरूको उपयोग गरी राष्ट्रिय सार्वजनिक स्वास्थ्य प्रणालीमा क्रान्ति ल्याउनु हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande