पाकिस्तानी जासूसलाई पैसा पठाएको आरोपमा फस्यो कोलकाताको व्यापारी
एन


कोलकाता, 04 जून (हि.स.)। टूर एण्ड ट्रेवल्स एजेन्सीको आड़मा पाकिस्तानी जासूसलाई संदिग्ध तरीकाले पैसा पठाएको आरोपमा कोलकाताको व्यवसायी मसूद आलमसित राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले लगातार सोधपुछ गरिरहेको छ।

सूत्रहरू अनुसार, मसूदले जुन प्रकार जवाफ दिएको छ, त्यसमा धेरै महत्वपूर्ण बिन्दूहरूमा स्पष्टता छैन। सोमवारपछि मंगलवार पनि उसले न्यू टाउन स्थित एनआईए कार्यालयमा हाजिरी दियो। उसित अबेर साझँसम्म सोधपुछ भएको छ।

एनआईएका एक अधिकारीले भने, मसूदको ट्रेवल एजेन्सीको माध्यमले देशविरोधी गतिविधिहरूमा लिप्त केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) को जवान मोतीराम जाटलाई पैसा पठाइएको थियो। यो त्यही जवान हो, जसलाई देशको संवेदनशील जानकारी पाकिस्तान पठाएको आरोपमा हालमा पक्राउ गरिएको छ।

एनआईए सूत्रहरू अनुसार, मसूदले मोतीरामलाई तीन पल्ट पैसा पठायो- एक पल्ट 13 हजार, दोस्रो पल्ट 22 हजार र एक पल्ट पाँच हजार। सोधपुछमा जब मसूदलाई सोधियो कि उसले यो पैसा किन पठायो, तब उसले यसको सन्तोषजनक जवाफ दिन सकेन। उसले केवल यति नै भन्यो कि उसलाई अरूले यो पैसा दिएर मोतीरामलाई पठाउनु भनेको थियो तर त्यो व्यक्ति को थियो, कहिले र कति राशि दिएको थियो यो स्पष्ट बताए र अब उसलाई यी कुराहरू याद पनि आइऱहेको छैन।

जाँच एजेन्सीले मसूदबाट उसको खाता र मानिसहरूको जानकारी मागेको छ, जसको माध्यमले यो लेनदेन भएको थियो। जाँच एजेन्सीले जान्न चाहेको छ कि के यी पैसाको ट्रान्सफरको कुनै रेकर्ड राखिएको थियो र यो नेटवर्क कति समयदेखि सक्रिय थियो।

एनआईएको नजर अब खिदिरपुरको अझ् एक व्यवसायी मोहम्मद इजाज र तपसिया क्षेत्रको एक होटल कर्मचारी मोहम्मद वाकिलमाथि पनि छ। मंगलवार इजाज एनआईए कार्यालयमा उपस्थित भएन तर वाकिलको बयान रेकर्ड गरियो। वाकिल गत 20 वर्षदेखि कोलकातादेखि बाहिर थियो र हालमा फर्केको छ। उ यस समय तपसियाको एउटा होटलमा कार्यरत छ र राजाबाजार क्षेत्रमा अस्थायी रूपमा बसिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande