नयाँ दिल्ली, 04 जून (हि.स.)। अपरेशन सिन्दूर र पछिको घटनाक्रममाथि संसदको विशेष सत्र आयोजित गरिने विपक्षको मागबीच सरकारले आज आगामी मनसून सत्र 21 जुलाईदेखि शुरू भएर 12 अगस्तसम्म चल्ने घोषणा गरेको छ।
केन्द्रिय मन्त्रीमण्डलको संसदीय मामिलाहरूको समितिले रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा मनसून सत्रको मितिहरूमाथि मोहर लगायो। संसदीय कार्य मन्त्री किरेण रिजिजूले बुधवार पत्रकारहरूसित कुराकानीमा यसको जानकारी दिए।
उल्लेख्य, अपरेशन सिन्दूरपछि हिजोपनि विपक्षी आईएनडीआई गठबन्धनले प्रधानमन्त्रीलाई चिट्ठी लेखेर यस मुद्दामाथि संसदको विशेष सत्र बोलाइने माग दोहोऱ्यायो। आज सरकारको घोषणाले स्पष्ट छ कि यस सम्बन्धमा कुनै विशेष सत्र आयोजित हुनेछैन।
संसदीय नियमहरू अन्तर्गत सत्रमा सबै विषयहरूमाथि चर्चा सम्भव छ, रिजिजूले भने।
हिन्दुस्थान समाचार / भवानी थामी