नयाँ दिल्ली, 9 जून (हि.स.)। उत्तर-पश्चिम जिल्लाको विदेशी सेलले वजिरपुर एवं आजादपुर मण्डी क्षेत्रमा अवैध रूपमा बस्दै आइरहेका 66 जना बंगलादेशी नागरिहरूलाई पक्कराउ गरेको छ। यिनीहरू एघारवटा परिवारमा विभाजन भएर बसेका थिए जो वैध दस्तावेज बिनै दिल्लीमा बस्दै आइरहेका थिए। यो कारबाही लगातार गरिएको गुप्त निगरानी अनि सूचनाहरूको आधारमा गरिएको विशेष छापामारीको एक भाग हो।
यस अभियान शुरूमा अवैध बंगलादेशी प्रवासीहरूलाई चिन्हित अनि पक्राउ गर्ने उदेश्यले गरिएको थियो। उत्तर-पश्चिमी जिल्लाका डीसीपी भीष्म सिंंहले बताए, दुईवटा विशेष टीम गठन गरेर छापामारी अभियान शुरू गरिएको थियो। यसबीच सूचना प्राप्त भयो, एघार बंगलादेशी परिवारहरू दिल्लीको वजिरपुर जेजे कलोनी अनि आजादपुर मण्डी क्षेेत्रमा बस्दै आइरहेका छन्।
यिनीहरूले हरियाणाको गाउँ टैइन, नूह (पूर्वमा मेवात)-का ईँटा भट्टीहरूमा श्रमिकको रूपमा काम गर्दथे। पुलिसको कड़ाई अनि मीडियो रिपोर्ट्सको कारणले यी परिवारहरू हरियाणादेखि दिल्लीको घना क्षेत्रमा लुकेर बस्न थालेका थिए। यिनीहरूले आफ्नो समूहलाई दुई भागमा विभाजन गरेर अलग-अलग ठाउँमा बस्न थालेका थिए ताकि पुलिसदेखि बच्न सकियोस्।
डीसीपी अनुसार भारत नगर, आजादपुर मण्डी औ महेन्द्रा पार्क क्षेत्रमा छापा माऱ्यो। यस अवधि 35 जना अवध बंगलादेशी नागरिकहरूलाई वजिरपुर जेजे कलोनीबाट अनि 31 जनालाई आजादपुर मण्डी क्षेत्रबाट पक्राउ गरियो। 66 जना आरोपीहरूमा 20 जना पुरूष 16 जना महिला अनि 30 जना बाल-बालिकाहरू सामेल छन्। यिनीहरूले आफ्नो मोबाइल फोन र बंगलादेशी पहिचान पत्र लुकाएर राखेका थिए ताकि मोबाइल ट्र्याकिंग अनि पहिचानदेखि बच्न सकोस्। पुलिसले सबैलाई विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालय (एफआरआरओ)-मा सुम्पिदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा