कोलकाता, 9 जून (हि.स.)। राजधानी कोलकाताको न्यू टाउन क्षेत्रमा एकजना बीएसएफ जवानले आत्महत्या गरेको घटनाले सबलाई स्तब्ध बनाएको छ। मृतकको पहिचान 38 वर्षीय सूर्यकान्त दासको रूपमा भएको छ जो मूल रूपमा ओडिशाका थिए। जवानको शव सोमवार बिहान शुलुंगुड़ीस्थित भाड़ाको घरभित्र भेटियो। आत्महत्या गर्न अगाड़ि सूर्यकान्तले आफन्तहरूलाई व्हाट्सएपमा सुसाइड नोट पठाएका थिए जसमा उनले मानसिक तनाउलाई आत्महत्याको कारण बताएका छन्।
पुलिस सूत्र अनुसार सूर्यकान्त दासको तैनाथी लगभग एक महिनापूर्व भएको थियो। तिनी न्यू टाउन क्षेत्रको शुलुंगुड़ी क्षेत्रमा भाड़ाकोक घरमा बसेका थिए। सोमवार बिहान उनले आफन्तहरूलाई व्हाट्सएप सन्देश पठाएपछि आफन्तहरू डराएर घटनास्थलमा पुगे। घरको ढोका बन्द देखेर उनीहरूले पुलिसलाई सूचना दिए। इको पार्क थानाको पुलिसले घटनास्थलमा पुगेर ढोका भत्कायो जहाँ जवानलाई फाँसीमा झुण्डिरहेको पाइयो।
घटनास्थलबाट कुनै प्रकारको बाहिरी चोट वा बलजफ्ती प्रवेश गरेको कुनै संकेत भेटिएन। प्रारम्भिक जाँचमा आत्महत्या गरेको पुष्टि भएको छ। सूर्यकान्तद्वारा पठाइएको सुसाइड नोटमा स्पष्ट रूपमा मानसिक तनाउको उल्लेख गरिएको भए पनि त्यसमा तनाउको विवरण भने उल्लेख गरिएको छैन। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ ताकि मृत्युको सही कारण पुष्टि गर्न सकियोस्।
बीएसएफ औ कोलकाता पुलिसका वरिष्ठ अधिकारीहरूले घटनास्थलको निरीक्षण गरे। बीएसएफद्वारा जारी बयानमा भनिएको छ, यो एक अत्यन्त दुःखदायी घटना हो। विभाग परिवारको सम्पर्कमा छ र हरसम्भव सहायता प्रदान गरिँदैछ।
इको पार्क थानाको टीमले आत्महत्याको कारण पत्तो लगाउन गहन जाँच शुरू गरेको छ। मोबाइल फोन सहित सुसाइड नोट अनि अन्य इलेक्ट्रनिक उपकरणहरूको फोरेन्सिक जाँच गराइँदैछ। पुलिसले यो पनि पत्तो लगाउने प्रयास गरिरहेको छ कि कुनै प्रकारको पारिवारिक आर्थिक वा पेशागत दबाव सूर्यकान्तमाथि थियो?
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा