विवाहिताको सड़िसकेको शव भेटियो, पति पक्राउ
विवाहिताको सड़िसकेको शव भेटियो, पति पक्राउ


उत्तर 24 परगना ,9 जून (हि.स.)। पश्चिम बंगालको बारासात क्षेत्रबाट एक सन्त्राषपूर्ण मामिला सामु आएको छ। यहाँ एकजना महिलाको सड़िसकेको शव उसको भाड़ाको घरभित्र भेटिएको छ। शवलाई कम्बलमा बेरिएको थियो। यस घटनाको कारणले क्षेत्रमा कोकोहोलो मच्चिएको छ। प्रारम्भिक जाँचमा मृतकाका पतिले हत्या गरेको शंका छ। आरोपीलाई पक्राउ गरेर पुलिसले मामिलाको गम्भीर रूपमा जाँच गरिरहेको छ।

घटना गए आइतवार राती घटेको हो। बारासातको अश्विनीपल्ली मानिकनगर क्षेत्र निवासी घर मालिक रञ्जीत बड़ालको घरबाट दुर्गन्ध फैलिरहेको थियो। भाड़ामा बस्ने अन्य मानिसहरूले घर मालिकलाई सूचना दिए। घर मालिक घटनास्थलमा पुग्दा घरको ढोका बन्द थियो। त्यसपछि उनले स्थानीय थानामा जानकारी दिए। पुलिसले घरको ढोका खोलेर हेर्दा सड़िसकेको शव भेट्यो जुन कम्बलमा बेरिएको थियो।

पुलिस सूत्र अनुसार मृतकाको पहिचान लक्ष्मी महतोको रूपमा भएको छ। तिनी एक महिनापूर्व आफ्ना पति बिजु साहासित उक्त भाड़ाको घरमा बस्न आएकी थिइन्। छिमेकीहरू अनुसार बिजु साहाले रक्सी खाएर प्रायजसो नै घरमा झगड़ा गर्थ्यो। छिमेकीहरूले घर मालिकलाई सिकायत गरेपछि घर मालिकले दम्पतिलाई घर खाली गर्ने निर्देश पनि दिएका थिए।

घटनापछि बिजु साहा भागेको थियो, तर सोमवार भोर बिहान पुलिसले उसलाई बारासातको चाँपाडाली क्षेत्रबाट पक्राउ गऱ्यो। आरोपी पेशाले बस चालक हो।

प्राथमिक जाँचमा पुलिसको मान्यता छ, घरेलु विवाद नै हत्याको कारण हुनसक्छ। तथापि शवको पोस्टमर्टम रिपोर्ट् आएपछि नै हत्याको सही कारण पत्तो लाग्नेछ। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande