नयाँ दिल्ली, 9 जून (हि.स.)। उत्तर पूर्वी जिल्लाको नन्द नगरी थाना क्षेत्र अन्तर्गत ताहिरपुर कोड़ी कलोनीमा गए राती आगलागीको विभत्स घटना भएको प्रकाशमा आएको छ। राती लगभग 11:39 बजे पुलिसलाई सूचना प्राप्त भयो, श्मशानतिर जाने गल्लीमा अवस्थित घर नम्बर-110 को ग्राउण्ड फ्लोरमा आगो लागेको छ। घटनास्थलमा पुग्नसाथ पुलिस अनि दमकल कर्मीहरूले तत्परतापूर्वक राहत कार्य शुरू गरे।
बीट स्टाफ हेड कन्स्टेबल राजकुमारले वीरताको परिचय दिँदैै मीरा देवी नामक महिलालाई सुरक्षित बाहिर निकाले। यद्यपि आगोलाई पूर्ण रूपमा नियन्त्रण गरूञ्जेलसम्ममा दुईजना मानिसहरूको मृत्यु भइसकेको थियो जसको पहिचान शशि (25) र बल्लु (55)-को रूपमा भएको छ। दुवै शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइएको छ।
जाँचमा थाहा लागे अनुसार घरको ग्राउण्ड फ्लोरमा ई-रिक्शा चार्ज गर्ने काम गरिन्थ्यो। यहीँबाट शर्ट सर्किट भएको कारणले आगो लागेको हो। घटनामा दुईवटा ई-रिक्शा र एउटा बाइक जलेर खरानी भएको छ। पुलिस अनुसार क्राइम ब्राञ्चको टीम र फोरेन्सिक टीमले घटनास्थलमा पुगेर प्रमाणहरू जुटाइरहेको छ। यस मामिलामा पुलिसले भारतीय न्याय संहिताको धारा 106(1)/287 बीएनएस अन्तर्गत मुद्दा दर्ता गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा