सिलगढ़ी, 09 जून (हि.स.)। सिलगढ़ी महकुमाको खोरीबाड़ीस्थित पानीट्यांकी संलग्न बाजारू जोतमा बालुवा लादिएको ट्र्याक्टरबाट झरेर एकजना नाबालिक श्रमिकको मृत्यु भयो। मृतकको पहिचान गौरसिंग जोत निवासी कृष्णा करूआको रूपमा भएको छ।
बताइएको छ, सोमवार कृष्णा मेची नदीमा ट्र्याक्टरमा बालुवा लोड गरेपछि ट्र्याक्टरको पछाड़ि बसेर गइरहेको थियो। यसै क्रममा बाजारू जोत पुगेपछि कृष्णा ट्र्याक्टरबाट झऱ्यो अनि ट्र्याक्टरको चक्काले कुल्चिएर उसको घटनास्थलमै मृत्यु भयो।
घटनाको खबर पाउनसाथ पानीट्यांकी चौकीको पुलिस अनि एसएसबीका जवानहरू घटनास्थलमा पुगे। पुलिसले शवलाई कब्जामा लिएर थाना ल्यायो। पोस्टमर्टम गर्नको लागि शवलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ। पुलिस घटनाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा