गुवाहाटी, 9 जून (हि.स.)। असम विधानसभामा सोमवार आयोजित विशेष एक दिवसीय सत्र अवधि त्यसबेला कोकोहोलो मच्चियो जतिबेला सरकारले डिब्रुगढ़ हवाईअड्डाको नाम परिवर्तन गरेर 'भारत रत्न भूपेन हजारिका एयरपोर्ट' राख्ने प्रस्तावलाई सदनमा राख्यो। विपक्षको तीव्र विरोधबीच स्पीकर विश्वजीत दैमारीले कार्यवाहीलाई 30 मिनटसम्मको लागि स्थगित गरिदिए।
परिवहन मन्त्री जोगेन मोहनले उक्त प्रस्ताव प्रस्तुत गरे जसमा केन्द्र सरकारसित डिब्रुगढ़ हवाईअड्डाको नाम भूपेन हजारिकाको नाममा राख्ने सिफारिस गर्ने कुरा गरिएको थियो। तर उनले प्रस्ताव पढ़न शुरू गर्नसाथ कंग्रेस र एआईयूडीएफका विधायकहरूले खैलाखैला गर्नथाले।
मुख्य रूपले मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाद्वारा विदेशी नागरिकहरूको पहिचान तथा उनीहरूलाई देश बाहिर पठाउने मुद्दामा दिइएको उत्तरबाट असन्तुष्ट भएको कारणले विपक्षले खैलाबैला गरेको हो। यसबीच कंग्रेस विधायकहरू वेलमा पुगेका थिए। तर पछि उनीहरू आ-आफ्नो सीटमा फर्किए भने एआईयूडीएफका सदस्यहरूले भुइँमै बसेर धरना दिए। विपक्षी विधायकहरूको विरोधको कारणले स्पीकरलाई सत्र स्थगित गर्नुपऱ्यो।
सरकारद्वारा नाम परिवर्तनको प्रस्तावलाई भूपेन हजारिकाको जन्म शताब्दिको उपलक्ष्यमा ल्याइएको हो। राज्य मन्त्रीमण्डलले पहिला नै यस फसेलालाई स्वीकृति दिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा