अझ दुई दिन बढ़्नेछ दक्षिण बंगालको तापमान, बुधवारदेखि फेरिनेछ मौसमको स्वरूप
अझ दुई दिन बढ़्नेछ दक्षिण बंगालको तापमान, बुधवारदेखि फेरिनेछ मौसमको स्वरूप


कोलकाता, 9 जून (हि.स.)। पश्चिम बंगालमा फेरि एकपटक भयानक गर्मीको सिलसिला शुरू भएको छ। अविरल वर्षा सँग-सँगै आद्रताको कारणले गर्मी भइरहेको छ।

दक्षिण बंगालमा आइतवार केही तटीय जिल्लाहरूमा भएको सामान्य वर्षाले केही राहत दिए पनि यो राहत धेरै बेरसम्म टिक्न सकेन। मौसम विभागले सोमवार बिहान आफ्नो बयानमा भनेको छ, आगामी दुई दिनसम्म सम्पूर्ण क्षेत्रमा तापमान बढ़्नेछ अनि मानिसहरूलाई प्रचण्ड गर्मीसँगसँगै अत्यधिक आद्रतासित पनि जुझ्नुपर्नेछ।

कोलकातामा सोमवार अधिकतम तापमान 35 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 0.2 डिग्री कम हो। सोमवार बिहान न्यूनतम तापमान 29.1 डिग्री सेल्सियस रह्यो जुन सामान्यभन्दा 1.9 डिग्री अधिक थियो। यस अवधि वातावरणमा आद्रताको स्तर 94 प्रतिशतसम्म पुगेको थियो जसले गर्दा दिनभरि नै च्याप-च्याप्ती गर्मीले सतायो।

मौसम विभागले आगामी बुधवार अर्थात 11 जूनको साँझदेखि मौसम परिवर्तन हुने संकेत दिएको छ। विशेष गरी उत्तर र दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर, मुर्शिदाबाद एवं नदिया जिल्लामा मेघ गर्जन र तीव्र हावासि

तैत वर्षा हुनसक्छ। त्यसरी नै आगामी 12 जूनदेखि कोलकाता लगायत दक्षिण बंगालका लगभग सबै जिल्लाहरूमा सामान्यदेखि मध्यम वर्षा हुने सम्भावना व्यक्त गरिएको छ।

विशेषज्ञहरूको मान्यता छ, आगामी 15-देखि 19 जूनबीच दक्षिण बंगालमा दक्षिण-पश्चिम मनसुन प्रवेश हुने सम्भावना छ जसबाट मौसम पूर्ण रूपले परिवर्तन हुनसक्छ।

उत्तर बंगालका दार्जीलिङ सहित माथिल्लो क्षेत्रहरूमा आगामी केही दिनसम्म मेघ गर्जनसहित छुटपुट वर्षा हुनसक्छ। यद्यपि मौसम विभागले स्पष्ट पारेको छ, उत्तर बंगालको कुनै पनि जिल्लामा हाल घना वर्षा हुने सम्भावना क्षीण छ।

समग्रमा भन्न पर्दा आगामी दुई दिनसम्म राज्यका पश्चिमी जिल्लाहरूमा मौसम शुष्क र गर्मी रहनेछ भने तटीय जिल्लाहरूमा आद्रतायुक्त असहनीय स्थिति कायम रहनसक्छ। तर सप्ताहको मध्यदेखि हारत पाउने आशा छ जतिबेला वर्षा शुरू हुनेछ

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande