कोलकाता, 9 जून (हि.स.)। राजधानी कोलकाताको नेताजी नगरमा सोमवार बिहान त्यसबेला खैलाबैला भयो जतिबेला एउटा चार तले आवासबाट दुर्गन्ध आइरहेको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले एकजना वृद्धको सड़िसकेको शवलाई उद्धार गऱ्यो। मृतकको पहिचान 75 वर्षीय आशुतोष दासको रूपमा भएको छ जो करोड़ौं रुपियाँका स्वामी थिए। तिनी घरमा एक्लै बस्थे। उनको मृत्युलाई लिएर रहस्य गहिरिँदै गइरहेको छ।
स्थानीय मानिसहरूले बताए अनुसार बिहान अचानक घरबाट तीव्र दुर्गन्ध आएपछि उनीहरूले नेताजी नगर थानालाई सूचित गरिदिए। पुलिसले घटनास्थलमा पुगेर ढोका भत्काई घरभित्र पस्यो जहाँ आशुतोष दासको शव विघटित अवस्थामा थियो।
पुलिस सूत्रले बतायो, मृतक पछिल्लो दुई वर्षदेखिकै एक्लै बस्दै आइरहेका थिए। उनकी पत्नीको निधन पहिला नै भइसकेको छ। दासको प्रिन्टिंगको व्यापार थियो भने उनले सम्पन्न जीवन जिउँथे। उनका छोरा-बुहारीहरू दिल्ली र अस्ट्रेलियामा बस्छन् र समय-समयमा उनीसित भेट गर्न आउँथे। तर पछिल्लो केही समयदेखिको उनको बाहिरी दुनियाँसित सम्पर्क सीमित भएको थियो।
छिमेकीहरू मुताविक आशुतोष दासलाई अन्तिम पटक गत शुक्रवार देखिएको थियो। त्यसपछि उनलाई देखिएको थिएन। अनुमान छ, उनको मृत्यु तीन-चार दिन अगाड़ि नै भइसकेको थियो। प्रारम्भिक जाँचमा कुनै बाह्य हस्तक्षेपको प्रमाण भेटिएको छैन। तर सम्पत्तिसित जोड़िएका कारणहरूले गर्दा यस आशंकालाई अस्वीकार गर्न सकिँदैन।
पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। मृत्युको कारण रिपोर्ट आएपछि मात्र पुष्टि हुनेछ। नेताजी नगर थानाले मामिलाको हरेक पाटो अनि पक्षलाई गम्भीर रूपमा जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा